खाँडाचक्र नगरपालिकाद्धारा सोशेक नेपालका सहजकर्तालाई सम्मान

डाेरखबर समाचारदाता   ।   २०८२ पुष २०, आईतवार १५:१२

कालिकोट/ जिल्ला सदरमुकाम रहेको खाँडाचक्र नगरपालिकालेसोसेक नेपालद्वारा सञ्चालित “सशक्त महिला, समृद्ध नेपाल” परियोजना अन्तर्गत कार्यरत सबै सहजकर्ताहरूलाई शुक्रबार सम्मान गरेको छ ।


युरोपियन युनियन र युएनएफपीएको आर्थिक सहयोग तथा नगरपालिकाको समन्वयमा यस नगरपािलकामा सञ्चालित कार्यक्रमको अपनत्व ग्रहण गर्दै विद्यालयहरूमा सञ्चालन भएको रूपान्तरण कक्षा सहजिकरण गर्ने साथी सहजकर्ता सात जना , परिवार सम्बाद सहजीकरण गर्ने समुदाय सहजकर्ता तिन जना , समुदाय सहजकर्ता तथा अन्तर पुस्ता संवादमा सहजीकरण गरेका दुइ जना गरि जम्मा १२ जनालाई नगरपािलकाले दोसल्ला सहित प्रशंसा–पत्र प्रदान गरि सम्मान गरेको हो ।
खाँडाचक्र नगरपालिकामा “सशक्त महिला, समृद्ध नेपाल” कार्यक्रम अन्तर्गत विशेष गरी लैङ्गिक हिंसा रोकथाम, सामाजिक हानिकारक मूल्य–मान्यता परिवर्तन, लैङ्गिक हिंसा प्रतिकार्य, महिलाको आर्थिक सशक्तीकरण तथा लैङ्गिक समानता कायम गर्न विभिन्न समुदाय–आधारित गतिविधिहरू सञ्चालन हुँदै आएका छन् । सशक्त महिला समृद्ध खाँडाचक्र बनाउनु पर्छ भन्ने उद्देश्यका साथ अगाडि बद्नुका साथै यस कार्यक्रमका कारण नगरपालिकामा विद्यमान हानिकारक सामाजिक सोचमा बिस्तारै परिवर्तन हुँदै गएको खाँडाचक्र नगरपालिकाका प्रमुख कमल बहादुर शाहीले बताउनु भयो । साथै उहाँले सोसेक नेपालद्वारा सञ्चालित सशक्त महिला, समृद्ध नेपाल कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता प्रतिवद्धता जनाउनु भयो ।


खाँडाचक्र नगरपालिकाका उपप्रमुख गणेश बहादुर शाहीले किशोर–किशोरीहरूको व्यक्तित्व विकास, लैङ्गिक समानता र अधिकारका विषयमा रूपान्तरण कक्षा अत्यन्त प्रभावकारी भएको बताउनु भयो ।
कार्यक्रममा आफुनो धारणा राख्दै प्रमुख प्रशासकीय अधिकृत जसिप्रसाद चौलागाँईले सोशेकले सञ्चालन गरेका कार्यक्रमहरु अत्यन्तै प्रभावकारी भएको र यो कार्यक्रमको निरन्तरताका लागि नगरपलिकावाट प्रशासनिक रुपमा गर्नु पर्ने सहयोग गर्न तयार रहेको वतनाउनु भयो ।
सम्मान कार्यक्रममा नगर प्रमुख शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा उपप्रमुख गणेश शाही, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत जसीप्रसाद चौलागाई,वडा अध्यक्षहरू, नगरपालिकाका कर्मचारी, लगायतको उपस्थिति रहेको सोशेक नेपाल कालिकाेटले जानकारी गराएकाे छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जाँचबुझ आयोगबाट केपी शर्मा ओलीको स्थानहद फुकुवा

२०८२ पुष २०, आईतवार १५:१२
काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनको घटनाबारे गठित जाँचबुझ आयोगले तत्कालिन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्थानहद फुकुवा गरेको छ । आइतबार जाँचबुझ आयोगले ओलीसँग बयान लिएको थियो । त्यससँगै उनको स्थानहद फुकुवा गरिएको जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए । जेनजी आन्दोलन जाँचबुझ आयोगले […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.