हिंसा पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग

डोरखबर समाचारदाता   ।   २०८१ आश्विन ७, सोमबार १२:११
डोरखबर समाचारदाता/कालिकोट । शुभकालिका गाउँपालिका–३, माइतिघर भइ रास्कोट नगरपालिका–३ की २८ वर्षीया मोतिपुराकुमारी अधिकारीलाई इन्सेकले कानुनी प्रक्रियामा जानका लागि जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गणेश नेपाली मार्फत ०८१ असोज ६ गते ७ हजार रुपियाँ सहयोग गरेको छ ।

पति ३५ वर्षीय ललिराज सिम्खाडाले मार्ने धम्की दिएर घरनिकाला गरेपछि आफूलाई कानुनी प्रक्रियामा जान समस्या भएको भन्दै पीडितले इन्सेक कर्णाली प्रदेश कार्यालयमा सहयोगको लागि असार २७ गते निवेदन दिनुभएको थियो । पीडितको निवेदन प्राप्त भएपछि इन्सेकले सञ्चालन गर्दै आएको मानव अधिकार सहायता कक्षको निर्णय अनुसार सहयोग हस्तान्तरण भएको हो ।

पीडितले असार २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । आर्थिक अवस्था कमजोर पीडितलाई जिल्ला सदरमुकाममा कानुनी प्रक्रियाका लागि जान र आउन समस्या भएको थियो । घर निकाला भएपछि १८ महिनाको छोरासहित माइतीको आश्रयमा बस्दै आउनुभएकी पीडित अधिकारीलाई, इन्सेक जिल्ला प्रतिनिधिको उपस्थितिमा प्रमुख जिल्ला अधिकारीले ७ हजार रुपियाँको चेक हस्तान्तरण गर्नुभएको हो ।

सहयोग पाएपछि पीडित अधिकारीले कानुनी प्रक्रियामा जान सहयोग भएको भन्दै इन्सेकलाई धन्यवाद दिनुभयो ।

यसै गरि पचालझरना गाउँपालिका–१ की २४ वर्षीया सरिता खड्कालाई इन्सेकले कानुनी प्रक्रियामा जानका लागि कालिकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपाली मार्फत ०८१ असोज ४ गते ९ हजार रुपियाँ सहयोग गरेको छ ।

पति ३३ वर्षीय अग्रबहादुर बोगटीले कुटपिट गर्नुका साथै मार्ने धम्की दिएर घरनिकाला गरेपछि आफूलाई कानुनी प्रक्रियामा जान समस्या भएको भन्दै पीडितले इन्सेक, कर्णाली प्रदेश कार्यालयमा सहयोगको लागि असार ३२ गते निवेदन दिनुभएको थियो । पीडितको निवेदन प्राप्त भएपछि इन्सेकले सञ्चालन गर्दै आएको मानव अधिकार सहायता कक्षको निर्णय अनुसार सहयोग हस्तान्तरण भएको हो ।

पीडितले असार २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । आर्थिक अवस्था कमजोर पीडितलाई जिल्ला सदरमुकाममा कानुनी प्रक्रियाका लागि जान र आउन समस्या भएको थियो । घर निकाला भएपछि पाँच वर्षीया छोरीसहित माइतीको आश्रयमा बस्दै आउनुभएकी पीडित खड्कालाई, सहायक प्रमुख जिल्ला अधिकारी, इन्सेक जिल्ला प्रतिनिधि लगायतको उपस्थितिमा प्रमुख जिल्ला अधिकारीले नौ हजार रुपियाँ हस्तान्तरण गर्नुभएको हो ।

सहयोग पाएपछि पीडित खड्काले कानुनी प्रक्रियामा जान सहयोग भएको भन्दै इन्सेकलाई धन्यवाद दिनुभयो । आर्थिक अवस्था कमजोर भएका कारण कानुनी प्रक्रियामा जान नसकेको र गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका पीडितलाई मानव अधिकार सहायता कक्षले सहयोग गर्दै आएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एकीकृत समाजवादीको एउटा समूह एमालेमा जान सक्छ : नेता मिश्र

२०८१ आश्विन ७, सोमबार १२:११
डोरखबर समाचारदाता /काठमाण्डौ कात्तिक ४ / नेकपा एकीकृत समाजवादीका नेता वंशीधर मिश्रले पार्टीको एउटा समूह एमालेमा जाने सम्भावना रहेको बताएका छन् । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले सकेसम्म पार्टी एकता गर्ने र त्यो सम्भव नभए शीर्ष नेताहरुबाहेक अरु एमालेमा जाने सम्भावना रहेको बताएका हुन् । ‘निराश साथीहरुले अलग पार्टी बनाउनेतिर […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.