एकीकृत समाजवादीको एउटा समूह एमालेमा जान सक्छ : नेता मिश्र

डोरखबर समाचारदाता   ।   २०८१ कार्तिक ४, आईतवार ०८:२९

डोरखबर समाचारदाता /काठमाण्डौ कात्तिक ४ / नेकपा एकीकृत समाजवादीका नेता वंशीधर मिश्रले पार्टीको एउटा समूह एमालेमा जाने सम्भावना रहेको बताएका छन् ।

न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले सकेसम्म पार्टी एकता गर्ने र त्यो सम्भव नभए शीर्ष नेताहरुबाहेक अरु एमालेमा जाने सम्भावना रहेको बताएका हुन् ।

‘निराश साथीहरुले अलग पार्टी बनाउनेतिर नजालान् भन्नसक्ने अवस्था छैन । जान सक्छन् । टप लेभलमा कुरा मिलेको छैन पार्टी एकताका लागि । हामी पर्ख र हेरमा छौं’, मिश्रले भने, ‘सकेसम्म सिंगो पार्टी नै एकीकरण गर्ने प्रयास गर्ने । यदि त्यो सम्भव भएन भने शीर्ष नेताहरु बाहेक हामी एमालेमा जाने सम्भावना नजिक छ ।’

उनले एकीकृत समाजवादीले विद्रोहको औचित्य पुष्टि गर्न नसकेको बताए । ‘हामी जुन कारणले फुटेको हो त्यो कारणलाई हल गरेर यो पार्टी एकीकरण गर्नुपर्छ’, मिश्रले भने ।

पार्टीमा दशौँ महाधिवेशनले उत्साह दिन्छ भन्ने आशा भए पनि त्यो हुन नसकेको उनले बताए । ‘…पुराना, इमान्दार र कर्मठ मान्छेहरु पोलिटब्यूरोमा पनि आएनन् । पदाधिकारीमा पनि त्यस्तै दुर्घटना भयो । एकचोटी मात्रै केन्द्रीय कमिटीमा आएको मान्छे एकैचोटी उपमहासचिव भए । दुई चोटी भएका कोही उपाध्यक्ष भए । पुराना मान्छे हेरेको हेरेकै भए । यसले व्यापक असन्तुष्टि ल्याएको छ’, उनले भने ।

मिश्रले अब पार्टी न एकीकरण हुन्छ न अगाडि बढ्छ यसको औचित्य छैन भन्ने ठानेर पार्टी फुटाउनुपर्छ भन्ने धारणा कतिपय नेताहरुमा आएको बताए ।

‘एउटा समूह यसैलाई करेक्सन गर्नुपर्छ, फेरि महाधिवेशन बोलाउने हो कि, यसलाई विघटन नै गर्ने हो कि ? नयाँ ढंगले जानुपर्छ कि भन्नेमा छ’, उनले भने ।

onlinekhabar मा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोट पलाता जिप दुर्घटना हुदा सात जनाको मृत्यु ,१३ जना घाइते

२०८१ कार्तिक ४, आईतवार ०८:२९
डोरखबर/कालिकोट कार्तिक २५ । यहा जिल्लाको पलाता गाउँपालिका –३ राडुकाप्रे खोलामा जिप दुर्घटना हुदा सात जनाको दर्घटना स्थलमै मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । सोहि गाउँपालिकाको खिनदेखी थिर्पु जादै गरेका क १ ज ५६ नम्बर को बोलेरो जिप दुर्घटनामा परि पिलाँता गाउँपालिका– ६ का ५१ वर्षिया […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.