थामे बाढी : सोलुखुम्बुका सिडिओलाई प्रधानमन्त्रीको फोन

खबरखाेज संवाददाता   ।   २०८१ भाद्र १, शनिबार १४:५३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थामे गाउँमा आएको भीषण बाढीबारे चासो राखेका छन् ।

उनले प्रमुख जिल्ला अधिकारी (सिडिओ) देवी पाण्डेलाई टेलिफोन गरेर घटनाबारे जानकारी दिएका हुन् । बस्तीको बीचबाट खोला पस्दा १२ वटा घर, एक स्कुल र स्वास्थ्य चौकीमा क्षति भएको जानकारी गराइन् ।

तर हिमपहिरो आएको वा हिमताल फुटेर बाढी आएको हो भन्ने यकिन भइनसकेको उनले जानकारी दिइन् । दिउँसो बादल लागेका हेलिकप्टर समेत जान सक्ने अवस्था नभएको प्रजिअ पाण्डेले जानकारी दिइन् ।

तल्लो थामेमा आएको बाढीबाट प्रभावित भएकाहरुलाई उपल्लो थामेमा भएका होटल तथा घरमा राखिएको छ ।

फोन सम्वादका क्रममा प्रधानमन्त्री ओलीले भने पहिरोमा माटोभन्दा पानी पनि देखिएकाले सुख्खा पहिरो हुननसक्ने अनुमान गरे । उनले अगाडि भने, ‘त्यहाँ मानवीय क्षति हुन नपाओस् भन्नेमा ध्यान दिनुस् । धनमालको क्षति भइहाल्यो, सरकारले केही गरौंला ।’

मौसम खराब नभए भोलि रक्षामन्त्री सहितको टीम आउने उनले जानकारी दिए ।

अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गाडी दुर्घटना हुँदा हुम्ला सर्केगाड गाउँपालिका उपाध्यक्षको मृत्यु

२०८१ भाद्र १, शनिबार १४:५३
कालिकोट । हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश ०२- ००१ख १०११ नम्बरको फोर्स गाडी सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ एमाले मोडमा दुर्घटना हुँदा कार्की सख्त घाइते हुनु भएको थियो । नेपालगञ्ज मेडिकल कलेज भेरी अस्पतालमा उपचारका क्रममा उपाध्यक्ष कार्कीको गए […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.