जेनजी प्रतिनिधिहरू मन्त्री बन्ने तयारी

डाेरखबर समाचारदाता   ।   २०८२ आश्विन २५, शनिबार ०९:५३

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका प्रतिनिधिहरूलाई समेट्दै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अघि बढाएकी छिन्। प्रधानमन्त्री कार्यालय निकट स्रोतका अनुसार, आगामी सोमबारसम्म चार जना नयाँ मन्त्रीले शपथ लिन सक्ने भएका छन्।

शुक्रबार साँझ प्राप्त जानकारीअनुसार नयाँ मन्त्रीहरूको नाम टुंगो लागिसकेको छ। जेनजी प्रतिनिधित्वबाट मन्त्री बन्नेहरूमा गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, रामजी राम र टासी ल्हाजोम रहेका छन्।

प्रधानमन्त्री कार्यालयका स्रोतका अनुसार श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, गुप्तालाई युवा तथा खेलकुद मन्त्रालय, रामलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, र टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ।

तर, टासी ल्हाजोमको नाममा प्रधानमन्त्रीले अन्तिम छलफल गरिरहेको बताइएको छ।

श्रेष्ठ लामो समयदेखि सम्पदासंरक्षणका अभियन्ता हुन्। उनले भूकम्पपछिको पुनर्निर्माणका क्रममा रानीपोखरी र पशुपति क्षेत्रको सिमेन्टिकरण विरोधदेखि खुलामञ्चको व्यापारीकरणविरुद्ध आवाज उठाउँदै आएका छन्।

त्यस्तै, बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयमा पठाउने तयारी भएको छ। गुप्ता कोभिड–१९ महामारीका बेला ‘नि:शुल्क खाना अभियान’ र ‘कपडा बैंक’ स्थापना गरेर परिचित भएका हुन्। हाल उनले ‘हन्ड्रेड ग्रुप’मार्फत ११० जना विद्यार्थीलाई निःशुल्क शिक्षा दिइरहेका छन् र रगत व्यवस्थापनका अभियानमा समेत सक्रिय छन्।

रामजी राम, रौतहट जिल्लाका चमार समुदायबाट पहिलो डाक्टर बनेका व्यक्ति, स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हाल्ने तयारीमा छन्। उनले आफ्नो एमबीबीएस अध्ययनका क्रममा आर्थिक सास्ती र भेदभावका विरुद्ध लड्दै डाक्टर बनेका थिए।

त्यसैगरी, हुम्लाको लिमि भ्यालीकी टासी ल्हाजोमलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ। टासी जलवायु परिवर्तनका मुद्दामा सक्रिय युवती हुन्। उनले दिल्ली विश्वविद्यालयको हिन्दु कलेजबाट स्नातक अध्ययन गरेकी छन्।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीले गरिरहेकी छिन्। २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी कार्कीले यसअघि दुईपटक मन्त्रिपरिषद् विस्तार गरेकी थिइन्। हाल उनको नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् रहेको छ।

Mews of Nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माओवादी केन्द्रद्धारा जेन–जी आन्दोलनको समिक्षा कालीकोटमा

२०८२ आश्विन २५, शनिबार ०९:५३
डाेरखबर/कालीकोट । जेन–जी आन्दोलन र त्यसपछि विकसित राजनीतिक घटनाक्रमले देशमा नयाँ मोड सिर्जना गरे संगै नेकपा माओवादीले कालीकोट जिल्लाका पत्रकारहरुसंग समिक्षा गरेको छ । भदौ २३ मा जेन–जीहरुले गरेको आन्दोलनको समिक्षा गरेको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मीप्रसाद चौलागाईँ शैलेन्द्रले नारायणहिटी दरबार र मदनभण्डारी हत्यको विषयमा विभिन्न धारणा आए […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.