कालिकोट नेविसंघका कार्यबाहक अध्यक्ष युवा नेता जगतजंग बिष्टले स्वास्थ्य सेवा कार्यालय कालिकोटमा जन्मदिनको अवसरमा २४ जना बिरामीहरुलाई फलफूल वितरण गरेर जन्मदिन मनाउनु भएकाे छ।
आफ्नो जन्म दिनमा आफुले- ठुलो होटेलमा पाटी गरेर जन्मदिन मनाउनु भन्दा अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेर सानो सहयोग गरेको र दिन दुखिकाे साहारामा म बाचुनन्जेल कठाेर भएर लाग्ने विद्यार्थी नेता बिष्टले बताउनु भयो।
कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति कालिकोटका सह-सचीव एवम् क्षेत्र नम्बर .(ख)का सभापति दमन बहादुर शाही,नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य सबिन कुमार बिष्ट ,नेपाली काङ्ग्रेस खाडाचक्र नगरपालिका वडा नम्बर.८ का सभापति सन्तोषजंग मल्ल, डा. बिज्ञान प्रजापती,डा.राजकमल कार्की लगाएतको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाली काङ्ग्रेस नेता दमन शाहीले जिल्ला अस्पतालमा रहेका बिरामिहरुलाई फलफुल बितरण गरि जन्मदिन मनाएकोमा शुभकामना दिनुभयो ।





