कालीकाेट, जिल्लाकाे शुभकालिका गाउँपालिकामा निशुल्क शिविर लिएर काठमाडौं रिफर भएकाकाे निःशुल्क उपचार हुँदै छ । शुभकालिका गाउँपालिकाकाे आयाेजनामा , काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड काठमाडौंकाे समन्वय र सहकार्यमा शुभकालिका गाउँपालिकामा निशुल्क २ दिने शिविर सञ्चालन गरिएकाे थियाे । फाल्गुण ६ र ७ गते सञ्चालन गरिएको शिविरबाट धेरैले सेवा लिएका हुन् । शुभकालिका गाउँपालिका राराकाकाटियामा जनरल मेडिसिन ,प्रस्तुति तथा स्त्रीराेग हाडजोर्नी तथा नशा राेग सम्बन्धी शिविर सञ्चालन गरिएकाे थियाे ।
शिविरबाट शुभकालिका गाउँपालिकाका १४ सय ३ जना नागरिकले सेवा लिएको राराकाटिया स्वास्थ्य चौकीका प्रमुख खगेन्द्र चौलागाईले बताउनुभएको थियो। १४ सय ३ मध्ये शुभकालिका गाउँपालिकाका ९७ जना विभिन्न रोगका समस्या भएका नागरिकहरूलाई काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडमा रेफर गरिएको थियो ।
सोही अनुसार काठमाडौँमा निःशुल्क उपचार भइरहेको शुभकालिका गाउँपालिकाकि उपाध्यक्ष धर्मकला शाहीले जान्कारी दिनुभाे । आफू शुभकालिकाका नागरिक हरुकाे स्वास्थ्य लाई मध्यनजर गर्दै शिविर सञ्चालन गरिएको शाहीले बताउनु भयाे शाहीका अनुसार शुभकालिका गाउँपालिकाका नागरिकहर लाई मध्य नजर गर्दै स्वास्थ्य, शिक्षा, रोजगार लगायतका विभित विषयवस्तुमा निरन्तर लागिरहने बताउनुभएकाे छ ।





