कर्णाली करिडोरमा दुर्घटना, एक जना कर्णाली नदीमा बेपत्ता

doorkhabar.com

doorkhabar.com   ।   २०८१ चैत्र ३, सोमबार १३:५८

कालीकाेट । कर्णाली करिडोरको थिर्पु पारी खण्डमा काम गर्दै गरेका रङगनाथ सेजुवाल कर्णाली नदीमा खसेर बेपत्ता भएका छन्। घटनामा अन्य कर्मचारीहरूको सुरक्षा र उद्धार कार्य जारी रहेको छ।

स्थानीय स्रोतका अनुसार, मुगुका निवासी रङगनाथ सेजुवाल कामको क्रममा दुर्घटनामा परि कर्णाली नदीमा खसेका छन्। घटनाको जानकारी पाएपछि स्थानीय प्रशासन र उद्धार टोली घटनास्थलमा पुगेर खोजी कार्यमा सक्रिय छन्।

कर्णाली करिडोरको निर्माण कार्यमा हुने जोखिमपूर्ण अवस्थाले अघिल्ला दुर्घटनासँगै अहिले पनि सुरक्षा मापदण्डको पुनः मूल्यांकनको आवश्यकता देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दीर्घ बहादुर शाहीको 'जीवन एक बिम्ब अनेक " बजारमा आउँदै

२०८१ चैत्र ३, सोमबार १३:५८
कालीकाेट । दीर्घ बहादुर शाहीको ‘जीवन एक बिम्ब अनेक ” मुक्तक संग्रह बजारमा आउन लागेको छ। शुक्रबार फेस्बुकमा  एक पोस्टर सार्वजनिक गर्दै उक्त संग्रह पुस्तक बजारमा ल्याउन  लागेको बताउनुभएको हाे। आफू एक कविका रूपमा विस्थापित हुन खोजिरहेको र बजारमा मुक्तक संग्रह ल्याउन लागेकाे शाहीकाे भनाइ रहेको छ।  शाही नेपाली लेखक […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.