पत्रकारबाट गाउँपालिकाले स्टेचर सहयोग लिनु लाजमर्दो हो – नेता गाउँले

खबरखोज समाचारदाता   ।   २०७७ भाद्र १८, बिहीबार १५:५६

कालिकोटका/नेपाल कम्युनिस्ट पार्टी(नेकपा)कालिकोटका नेता चित्रसिंह गाउँलेले महावै गाउँ पालिकाले पत्रकार बाट स्टेचर सहयोग लिएर लाजमर्दो काम गरेको वताउनु भएको छ । पत्रकार पुष्पराज भट्टराईले जन्मदिनको अवसर पारेर अाज महावै गाउँ पालिकालाइ स्टेचर प्रदान गरेको देखेपछि नेता गाउँलेले सो प्रतिक्रिया दिएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस मार्फत नेता गाउँलेले अाफ्नो गृह गाउँ पालिकाले गाउँ गाउँमा सडक पुर्याएर गाडी सञ्चालन गर्न नसकेपनि स्टेचर समेत व्यवस्था गर्न नसकेको देखिनु लाजमर्दो भएको दाबी गर्नु भएको छ । उहाँले स्टेचर सहयोग गर्ने पत्रकारलाई धन्यवाद दिदै सडक सुबिधाबाट बञ्चित महावैबासी लाइ नुन,चामलका भारी बोकेर उकालोमा हिड्न बाध्य हुनुपर्ने स्थिति चाडैं अन्त्य गर्न लागौं भन्ने प्रतिबद्धता गर्नु भएको छ ।

महावैको हालसम्म गाउँ पालिका केन्द्रसम्म सडक पुग्न सकेको छैन भने यातायात तर्फ संघ, प्रदेश र स्थानीय तहले समेत गरेर करोडौं बजेट उपलब्धि हिन तरिकाले खर्च भएको स्थानीयहरुको दुखेसो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पत्रकार भट्टराइद्धारा महावै गाउँपालिकालाई स्टेचर सहयोग

२०७७ भाद्र १८, बिहीबार १५:५६
कालिकोट/ सामुदायिक रेडियो मालिका एफएममा कार्यरत पत्रकार पुष्पराज भट्टराईले आफ्नो जन्मदिनमा खर्चने रकमवाट विरामी वोक्ने आधुनिक स्टेचर खरिद गरेर जिल्लाको महाबै गाउपालिकालाई  हस्तान्तरण गर्नुभएको छ। आज बिहान पत्रकारहरूको बिचमा महाबै गाउपालिकाका खाम्म सिहंलाई प्रत्येक वडालाई विरामी वोक्ने सातवटा स्टेचर हस्तान्तरण गर्नुभएको हो। यस अघि साउन अन्तिम सातामा महाबै गाउपालिकामा भएको […]

सम्बन्धित समाचार

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.