कालीकाेट , जिल्लाकाे शुभकालिका गाउँपालिकामा शिक्षा संवाद कार्यक्रम सम्पन्न भएकाे छ ।शुभकालिका गाउँपालिकाका अध्यक्ष गाेविन्द प्रसाद आचार्यकाे प्रमुख आतिथ्यता गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीकाे विशेष आतिथ्यतामा कार्यक्रम गरिएको हाे । शिक्षा संवाद गर्नुकाे मुख्यकारण शिक्षा प्रणाली सुधार गर्न रहेकाे बताईएकाे छ । सेभ द चिल्ड्रेन आर्थिक सहयाेग ,शुभकालिका गाउँपालिकाकाे आयाेजनामा वडा नं ५ काे सभाहलमा संवाद गरिएकाे थियाे ।
उक्त संवादमा र्शिक्षक, विद्यार्थी, अभिभावक, राजनीतिक दल , स्थानीय सरकार लगाएकाे बाग्लाे सहभागीतामा शिक्षा संवाद गरिएकाे हाे । संवादमा शुभकालिका गाउँपालिकाका २६ वटा विद्यालयकाे शैक्षिक गुणस्तरीय शिक्षाका निमित्त वृहत् संवाद मार्फत निचाेड निकाल्न प्रयास गरिएको भिडिसेफ नेपाल कालीकाेटका शिक्षा अधिकृत भिम विश्वक्रर्माले बताए । विश्वक्रर्माका अनुसार शुभकालिका गाउँपालिका वडा नं १ देखि ८ वडा सम्मका शिक्षक , विद्यार्थी ,अभिभावक ,बालबालिका ,नागरिक समाज ,स्थानीय लगाएको बाक्लो सहभागीता रहेकाे बताए ।
संवाद कार्यक्रममा प्रमुख वक्ताका रुपमा गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद आचार्य ,विशेष वक्ताका रूपमा वडा नं ८ का वडा अध्यक्ष दिपराज महतरा ,श्री चन्द्र सूर्य माध्यमिक विद्यालय हाउडीकी प्रधाना ध्यापक यसाेदा भट्टराई ,शिक्षा शाखा प्रमुख नवराज आचार्य रहनु भएकाे थियाे । कार्यक्रममा आगामी दिनमा शिक्षा लाई सुधार्नका निमित्त गाउँपालिकाले प्रतिबद्ध पत्रमा हस्ताक्षर समेत गरेकाे छ। गाउँपालिकाका अध्यक्ष लगायतका अन्य सरकारवालाहरूले उक्त प्रतिबद्धता पत्रमा आजै एक कार्यक्रमका बीच हस्ताक्षरसमेत गरेका थिए।

उक्त प्रतिबद्धता पत्र बुझाउदै बालक्लवकी अध्यक्ष भद्रकला विश्वकर्माले हरेक ठाउँबाट बालबालिकाहरूलाई वञ्चित नगर्न र शिक्षामा सुधार ल्याउन गाउँपालिकालाई आग्रह गर्दै प्रतिबद्धता पत्र बुझाउनुभएको थियो। प्रतिबद्धता पत्र बुझ्दै गाउँपालिका अध्यक्ष आचार्यले आफ्नो पालिकामा गुणस्तरीय शिक्षाका निमित्त शिक्षा शाखासँग समन्वय र सहकार्य गर्दै कुनै कसुर बाँकीनराख्ने बताएका छन्।





