नेविसंघ र अनेरास्ववियुका तर्फबाट दिपा शाही लगाएको उम्मेदवार

doorkhabar.com

doorkhabar.com   ।   २०८१ चैत्र ११, मंगलवार ११:४२

कालिकोट। जिल्लाकाे एक मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत तिला कर्णाली बहुमुखी क्याम्पस, कालिकोटमा स्ववियु निर्वाचनका लागि अनेरास्ववियु र नेविसंघकाे संयुक्त प्यानलले साेमबार उम्मेदवार दर्ता गरिएकाे छ ।अनेरास्ववियु र नेविसंघका तर्फबाट दिपा शाहीकाे नेतृत्वमा क्याम्पसको आमुल परिवर्तनको लागि महिला नेतृत्व लाई उम्मेदवार दिएकाे संगठनका नेता हरुले बताएका छन् ।

(स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचनमा अनेरास्ववियु र नेविसंघका सम्पूर्ण उम्मेदवार हरु लाई भाेट हालेर जिताईदिन सम्पूर्ण विद्यार्थी हरुलाई शाहीले आग्रह गर्नुभएको हाे ।शाहीले स्ववियु निर्वाचनमा जिति सकेपछि ।

कलेज वा विश्वविद्यालयभित्र महिलाहरूका लागि सुरक्षा, स्वास्थ्य, तथा सुविधा वृद्धि गर्न पहल गर्ने र छात्राहरूका लागि नेतृत्व विकास, उद्यमशीलता, र सीप विकासका कार्यक्रमहरू संचालन गरि क्याम्पसमा शिक्षाको गुणस्तर सुधार गर्न, पाठ्यक्रम परिमार्जन, र अनुसन्धात्मक गतिविधि प्रवर्द्धन गर्न पहल गर्ने श्विद्यालय वा कलेजभित्र महिलाहरूलाई सुरक्षित राख्न आवश्यक नीति निर्माण हरूको सिर्जना ,

छात्राहरूलाई कुनै समस्या आएमा समाधान गर्न विशेष हेल्पडेस्क वा समिति गठन गरिने छात्रावास तथा सार्वजनिक यातायातमा महिला सुरक्षाका लागि आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई छात्रवृत्ति वा अन्य आर्थिक सहायता दिकलेजमा स्वास्थ्य सेवा सुधार, सेनेटरी प्याडको उपलब्धता, र सरसफाइ सुधारमा ध्यान दिने र विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधारका लागि परामर्श सेवा र सचेतना कार्यक्रम सञ्चालन गरिने, महिलाहरूको सक्रिय सहभागिता बढाउन विभिन्न प्रतियोगिता तथा गतिविधि सञ्चालन गरी लैङ्गिक समानता, महिला हिंसा विरुद्धका कार्यक्रम तथा समुदायमा सचेतना अभिवृद्धि गरी महिला सशक्तीकरणका लागि काम गर्ने संघसंस्थासँग सहकार्य गरी प्रभावकारी कार्यक्रम सञ्चालन र विश्वविद्यालय तथा समाजमा लामो समयसम्म टिक्ने नेतृत्व विकासको आधार निर्माण लयातका कार्यक्रम सञ्चालन गर्ने बताएकी छन् ।

जस्मा दिपा अध्यक्ष, खगेन्द्र पाण्डे सचिब, दुर्ग बहादुर शाही कोषाध्यक्ष ,ऐस्वरी पाण्डे सद्स्य ,मनकौरा शाही सद्स्य लगाएतका उम्मेदवार हरु यहीँ चैत १८ गते हुने स्वतन्त्र विद्यार्थी युनियन चुनावमा अन्य उम्मेदवारहरूसँग प्रतिस्पर्धा गर्ने भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

किशोर ,किशोरी हरुलाई रुपान्तरण कक्षा ६ महिना पछि सम्पन्न

२०८१ चैत्र ११, मंगलवार ११:४२
कालीकाेट ।आवाज संस्थाको आयोजना, युरोपेली सङ्घको आर्थिक सहयोग ,संयुक्त राष्ट्र संघीय निकाय, युएनएफसी उमनको संयुक्त अभियानमा सञ्चालित सशक्त महिला समृद्ध नेपाल कार्यक्रम अन्तर्गत सकारात्मक लैङ्गिक मापदण्डहरूको प्रवर्धन लैङ्गिक हिंसाको रोकथाम, यसका सेवाहरुमा पहुँच अभिवृद्धि परियोजना अन्तर्गत आवाज संस्थाद्वारा शुभकालिका गाउँपालिकाको वडा नं १ को जनता माध्यमिक विद्यालय र कालिका माध्यमिक […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.