कालिकोट ।अखिले नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियन (अनेरास्ववियु) करर्णाली प्रदेश कमिटि संयोजक धर्मबहादुर शाहीले भारत र चिन विचमा भएको लिपुलेक लिम्पियाधुरा व्यापारिक नाकाको सहमति खारेजीका लागि अनेरास्ववियुले सश्क्त आन्दोलन गर्ने धारणा राखेका छन ।

शुक्रबार कालिकोट जिल्ला सदरमुकाम मान्ममा आयोजित अनेरास्ववियु जिल्ला कमिटी कालिकोटको चौथो पुर्ण बैठक, प्रशिक्षण तथा दर खाने कार्यक्रममा बोल्दै संयोजक शाहीले उक्त धाराण राखेका हुन ।
जिल्ला कमिटी कालिकोटका अध्यक्ष पसल बमको अध्यक्षता तथा अनेरास्ववियु कर्णाली प्रदेश कमिटी संयोजक धर्मबहादुर शाहीको प्रमुख आतिथ्यता , नेकापा एमाले केन्द्रीय सदस्य कर्णाली प्रदेशसभा सदस्य,अर्थ तथा प्राबिधिक समितिका सभापति कमरेड दक्षिणा शाहीको प्रमुख बक्ताको विशेष उपस्थितमा समपन्न भएको हो ।
मान्मस्थित लुवारेकोट कटेजमा आयोजना भएको बैठकमा नेकपा एमाले कालिकोटका सम्मानित नेता दुर्गबहादुर शाही, पार्टी जिल्ला कमिटी उप– सचिब पबित्र कुमार शाही, जिल्ला कमिटी कालिकोटका सदस्य राजु बोगटी,मैयाँ मल्ल, अनेरास्ववियु केन्द्रिय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज दिपा शाही, मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य कर्णप्रसाद चौलागाँई ,जिल्ला अध्यक्ष कालीबहादुर मल्ल लगाएतका नेता कार्यकर्ताको उपस्तिथि रहेको थियो ।
बैठकले अनेरास्ववियुमा निष्कृय रहेका जिल्ला कमिटि पदाधिकारीहरु ह्टाइ क्रियशिलहरुलाई मनोनित गर्ने निणर्य भएको अध्यक्ष बलमे डोरखबरलाई जानकारी गराएका छन् ।





