कालिकोट कार्तिक १२/मानव अधिकार रक्षक जिल्ला सञ्जाल कालिकोटको वैठक कात्तिक १३ गते जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको छ । इन्सेकद्धारा सञ्चालित महिला र दलित केन्द्रित मानव अधिकार रक्षकहरूको संरक्षण सवाल सम्वोधन परियोजना (अधिकार–२) अन्तरगत मानवअकिार सञ्जालको मासिक बैठक बसेको हो ।
सञ्जालका संयोजक डिल्लीप्रसाद चौलागाईँको अध्यक्षतमा भएको वैठकमा कात्तिक १२ गते तिलागुफा नपा–१० रानावाडामा बेवारिसे बम विस्फोटनमा परि मृत्यु भएका बालीकाका परिवारलाई राहत क्षतिपूति र घाइतेहरुको उपचरका लागि स्थानइ प्रशासन मार्फत ध्यानाकर्षण गराउने निर्णय भएको थियो । महिला हिंसा,बालविवाह,जातीय विभेदका घटना बृद्धि हुनुको कारण र न्यूनिकरणमा सञ्जालले खेल्नु पर्ने भुमिकाका वारेमा छलफल भएको थियो ।
मानव अधिकारका क्षेत्रमा वकालत तथा पैरवी गर्दै पीडितलाई न्याय दिलाई पिडकलाई कार्वाहीको दायरासम्म पु¥याउनका पहलगर्ने निर्णय भएको छ ।





