कालिकोट । १६ वर्षीया बालीकालाई बलात्कार गरेको आरोपमा तिलागुफा नपा–११ ढिम्नीया निवासी नेपाली सेनाका जवान २२ वर्षीय बिरेन्द्र शाहीलाई प्रहरीले असोज ७ गते गिरफ्तार गरेको छ । आरोपपित शाहीविरूद्ध पीडितले भदौ ३१ गते गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी पेस गरेको भएपनि प्रक्रियामा ढिला हुदा आरोपी गिरफ्तार भएका थिएनन । इन्सेक अनलाइन लगाएतका मिडियमा निरन्तर समाचार आएपछि असोज ६ गते दर्ता भएपछि आरोपी गिरफ्तार भएका हुन ।
कालिकोट स्थित रणसुर गुल्ममा कार्यारत आरोपित शाहीले घरमा सुतेको अवस्थामा भदौ १३ गते राती पीडितको घरमा गएर बलात्कार गरेको पीडितको आरोप थियो । भदौ ३१ गते उजुरी दिएपनि प्रहरीले दर्ता गर्न ढिलाई गरेको थियो इन्सेकको पहल र सहयोगले प्रहरीले उजुरी दर्ता गरेर आरोपीलाई पक्राउ गरेको पीडित बालिकाले बताउनु भएको छ ।
आरेपित उपर बालिकाले बलात्कारको शिर्षकमा मुद्दा दिएको उजुरी दर्ता भएपछि आरोपी सेनाका जवानलाई पक्राउ गरी हिरासतमा राखिएको कालिकोटका प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहले जानकारी गराउनु भएको छ ।
पीडित बालिकाले अवश्यक कानूनि प्रक्रिया तथा आर्थिक सहायतका लागि मानवअधिकार सहायता कक्षको सचिवालय इन्सेकमा असोज ३ गते निवेदन दिनु भएको छ ।
पीडितको स्वास्थ्य परीक्षण असोज २ गते गरिएको जिल्ला स्वास्थ्य व्यवस्थापन कार्यालयका निमित्त प्रमुख भिष्म पाख्रेलले वताउनु भएको थियो ।
इन्सेक अनलाइनबाट





