कालिकोटमा नेकपा विप्लव समुहकाे पत्रकार सम्मेलन

खबरखाेज संबादाता कालिकोट   ।   २०७७ फाल्गुन २४, सोमबार १६:३७

कालिकोट । २४ फागुन सरकारले विप्लव नेतृत्वको नेकपा माथि लगाएको प्रतिवन्ध औपचारिक रुपमा फागुन २१ गते फुकुवा गरेपछि सदरमुकाम मान्ममा नेकपाले आफ्ना राजनीतिक गतिविधि वढाएको छ ।
आईतवार नेकपाले सदरमुकाम मान्ममा पत्रकार सम्मेलन समेत गरि आफ्नो पार्टी जनताको एजेण्डामा कुनै पनि हालतमा नझुक्ने वताएको छ ।
नेकपाका जिल्ला इन्चार्ज रणदिप ,सेक्रेटरी पदम विक (साहासी)ले पत्रकारहरुका विचमा पार्टीका धारणाहरु सार्वजनिक गर्दै आफ्नो पार्टी जनताको पक्षमा जनताका मुख्य एजेण्डा लिएर वार्तावाट शान्तिपूर्ण राजनीतिक वाटोमा आएको वताउनु भएको छ ।

उहाँहरुले हिजो पनि पार्टी शान्तिपूर्ण राजनीतिक वाटोमा थियो भोली पनि पार्टी शान्तिपूर्ण राजनीतिक वाटोमा जाने वताउनु भएको छ ।
यसअघि शनिवार मान्ममा जनप्रर्दशन सहित प्रतिमाचोकमा कोणसभा गरि जनताको पक्षमा आफ्नो पार्टी प्रतिवद्ध भएको नेकपाले घोषणा गरेको थियो ।

प्रतिवन्ध पछि गाउँ गाउँमा पार्टीले व्यापक राजनीतिक गतिविधि गरेपनि सदरमुकाम मान्ममा भने गर्न सकेको थिएन ।
केपी ओली नेतृत्वको सरकारले दुई वर्ष अघि २०७५ साल फागुन २८ गतेवाट नेकपा माथि हिंसात्मक गतिविधि गरेको भन्दै प्रतिवन्ध लगाएको थियोे ।
तर दुई वर्ष सम्म हिंसात्मक गतिविधि नभएर राजनीतिक गतिविधि गरेको र राजनैतिक एजेण्डा उठाएको पुष्टि भएपछि स्वयम सरकारले प्रतिवन्ध फुकुवा गरेको हो ।
प्रतिवन्ध फुकुवा पछि जनपरिचालन,राजनैतिक भेटघाट लगायतका राजनैतिक गतिविधिमा नेकपा केन्द्रीत भएको पार्टीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कुनै पनि मन्त्री माओवादी केन्द्रमा फर्किने सोचमा हुनुहुन्न : मन्त्री थापा

२०७७ फाल्गुन २४, सोमबार १६:३७
२५ फागुन केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा रहेका पूर्वमाओवादी नेताहरु पूर्ववत पार्टीमा नफर्किने एकजना मन्त्री मणि थापाले बताएका छन् । खानेपानी मन्त्रीको जिम्मेवारीमा रहेका थापाले माओवादी केन्द्रमा नफर्किने बताए पनि अन्य मन्त्रीहरुले यस विषयमा खुलेर बोलेका छैनन् । वर्तमान सरकारमा पूर्वमाओवादी नेताहरु रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.