कालिकाेट । नेपाली काँग्रेस कालिकाेटका प्रवक्ता एवम युवा नेता नगेन्द्र विष्टले अाफ्नाे जन्मदिनकाे अवसरमा बाढी पहिराे पीडितलाई राहत रकम दिनुभएकाे छ । ३५ अाै जन्म दिनको अवसरमा अाज नेका को राहात कोषबाट बितरण हुने गरि पार्टी सभापतिलाई रु २५ हजार नगद हस्तान्तरण गरेकाे जानकारी गराउनुभएकाे छ । २०५२ सालमा नन्दादेबि माबि कोटबाडा नेबि संघको ईकाईको सदस्यबाट नेकाको राजनीति शुरु गरेको बताउदै उहाँले २५ बर्ष पुगेकाे अवसरमा जिल्लाका प्रकाेप पीडितहरलाई २५हजार नगद हस्तान्तरण गर्नुभएकाे हाे ।
काँग्रेस कालिकाेट प्रवक्ता विष्टद्वारा पहिराे पीडितलाई राहत हस्तान्त्रण





