नेपाल लोकतान्त्रीक गणनन्त्रात्मक सासन व्यावस्थामा नागरिकले मानव अधिकारको अनुभुति गर्न पाएका छैनन । कानुनमा विभिन्नखालका व्यवस्था गरिएता पनि नागरिकले त्यसको अनुभुति गर्न पाएका छैनन ।
नागरिक तथा लोकतान्त्रिक अधिकारको अवधारणा , नागरिक स्थान तथा वयस्क र युवाहरुको विचार, भोगाई को आदान प्रदान गर्ने र त्यसको कार्यन्वय प्रक्रियाको अवस्था जानकारी गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो ।
दलित महिला संघ (फेडो) नेपाल र प्लान ईन्टरनेश्नल नेपालको संयुक्त साझेदारी तथा युरोपीयन युनियनको आर्थिक सहयोगमा सञ्चालित हाम्रो आवाज हाम्रो रोजाइ परियोजना अन्तर्गत गोष्ठीको आयोजना गरिएको हो । कार्यक्रममा कालीकोट, युवा र वयस्क तथा नागरिक संघ सस्थाका ५० जना सहभागिता रहेको छ । कार्यक्रमको सहजिकरण फेडो नेपाल कालीकोटका जिल्ला परियोजना संयोजक रमेश नेपालीले गर्नु भएको थियो ।
लोकतान्त्रिक नागरिक स्थान तथा मानव अधिकार सम्वन्धि युवा र वयस्कहरु विच विचार आदान प्रदान गोष्ठी सम्मन्न





