महिला हिंसा न्यूनीकरण सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम शुभकालिकामा सुरु

doorkhabar.com

doorkhabar.com   ।   २०८२ जेष्ठ ३, शुक्रबार १८:५९

कालिकोट , जिल्लाको शुभकालिका गाउँपालिकामा महिला हिंसा न्यूनीकरण सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम शुक्रबार देखि सुरु भएको छ । पालिका स्तरीय महिला सञ्जालकी अध्यक्ष जयकौरा शाहीकाे सभा अध्यक्षता ,गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्यकाे प्रमुख आतिथ्यता , उपाध्यक्ष धर्मकला शाहीको विशेष आतिथ्यता प्रमुख प्रशासकीय अधिकृत केन्द्र बहादुर शाही , इन्सेक प्रतिनिधि काली बहादुर मल्ल काे विशेष आतिथ्यता, लगाएकाे सहभागितामा कार्यक्रमको उद्घाटन गरिएको हाे ।

शुभकालिका गाउँपालिकाको आर्थिक सहयोग, पालिका स्तरीय महिला सञ्जालकाे आयाेजनामा शुक्रबार यो कार्यक्रम गरिएकाे थियाे । ‎महिला हिंसा न्यूनीकरण गर्नको लागि व्यक्तिगत, सामाजिक, कानुनी र नीतिगत तहमा मिलेर काम   गर्न जरुरी रहेको बताईएकाे छ । कार्यक्रममा   समुदायस्तरमा लैंगिक समानता र महिला अधिकार सम्बन्धी गाउँघरमा बिभिन्न कार्यक्रम सञ्चालन गर्न जरुरी रहेकाे सहभागी हरुले बताएका थिए । उक्त कार्यक्रममा इन्सेक प्रतिनिधि कालीबहादुर मल्लले महिला हिंसा न्यूनीकरणका लागि रेडियो, टेलिभिजन, सामाजिक सञ्जालमार्फत हिंसाविरुद्ध जनचेतना फैलाउने सन्देशहरू सम्प्रेषण गर्न जरुरी रहेकाे  बताएका थिए यदि त्यस्तो  हिंसा भोगेका महिलालाई कानुनी सहायता, सुरक्षित आवास, मानसिक परामर्श जस्ता सेवा उपलब्ध गराउनुपर्ने बताए ।

कार्यक्रममा बाेल्दै गाउँपालिका  उपाध्यक्ष शाहीले रुढीवादी सोच विरुद्ध  महिलालाई दोस्रो दर्जाको नागरिक ठान्ने सोच, दाइजो प्रथा, छाउपडी आदि अन्त्य गर्न गाउँपालिका निरन्तर  लागि रहेको बताउनुभयो ।  पुरुषलाई महिला हिंसा विरुद्धको अभियानमा साझेदार बनाउने, उनीहरूलाई अभिमुखीकरण दिने लगायतका कार्यक्रमहरू आगामी दिनमा गाउँपालिकाको तर्फबाट सञ्चालन गर्ने बताउनुभयाे ।

यस्तै गाउँपालिका अध्यक्ष आचार्यले महिलालाई सीपमूलक तालिम र स्वरोजगारका अवसर प्रदान गाउँस्तरमा गरिरहेकाे र आफ्नो कार्यकालभरि यस्ता कार्यक्रमहरू सञ्चालन गर्ने बताउनुभयो। कार्यक्रममा महिला मात्र पीडित र हिंसामा नपर्ने पुरुष पनि कतिपय हिंसामा परिरहेको अध्यक्ष आचार्यले  बताए। कार्यक्रममा शुभकालिका गाउँपालिका १ देखि ८ वडा सम्मका महिलाहरूको बाग्लाे सहभागीतामा कार्यक्रम गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय युवा संघ नेपालको सचिवमा कालिकोटका वकिल बमको चर्चा

२०८२ जेष्ठ ३, शुक्रबार १८:५९
काठमाण्डौ। यहि जेठ ९ गते पोखरामा हुन लागेको राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशनमा कालिकोटको पलाता घर भइ हाल काठमाण्डौ ठमेल निवासी वकिल बमको चर्चा चुलिएको छ । जेठ ९ गते उद्घाटन भएर ११ जेठसम्म चल्ने महाधिवेशनले युवा संघको नयाँ नेतृत्व चयन हुने भए पछि ३३ वर्षीय बमको नाम […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.