राष्ट्रिय युवा संघ नेपालको सचिवमा कालिकोटका वकिल बमको चर्चा

कालीबहादुर मल्ल   ।   २०८२ जेष्ठ ९, बिहीबार १८:४९

काठमाण्डौ। यहि जेठ ९ गते पोखरामा हुन लागेको राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशनमा कालिकोटको पलाता घर भइ हाल काठमाण्डौ ठमेल निवासी वकिल बमको चर्चा चुलिएको छ ।
जेठ ९ गते उद्घाटन भएर ११ जेठसम्म चल्ने महाधिवेशनले युवा संघको नयाँ नेतृत्व चयन हुने भए पछि ३३ वर्षीय बमको नाम राष्ट्रिय रुपमै चर्चामा आएको हो ।
राष्ट्रिय युवा संघका केन्द्रीय सचिवालय सदस्य समेत रहेका बमको सचिव पदमा चर्चा भइरहेको छ । उनी युवा नेतृत्वको सम्भावना, संगठनको रणनीति र राष्ट्रिय हितप्रति स्पष्ट दृष्टिकोण बोकेका जुझारु नेताका रुपमा चिनिन्छन् ।
दुर्गम गाउमा जन्मेर पनि राजधानीमा देशैभरका युवाहरुको अधिकारका लागि सशक्त आवाज उठाउने कुशल संगठनकर्मी र युवा राजनीतिमा उदाउँदो अनुहारका रुपमा परिचित छन ्
राजनीतिशास्त्रमा स्नातक पास गरेका बमले शैक्षिक धरातलसँगै व्यावसायिक अनुभव पनि उल्लेखनीय रुपमा विस्तार गरेका छन । उनी बहुआयामिक क्षमताका धनी व्यक्ति हुन्।
राष्ट्रिय युवा संघ नेपालमा पनि बमको योगदान झनै प्रभावशाली छ । उनी क्रमशः केन्द्रीय कमिटी सदस्य, स्थायी कमिटी सदस्य, सचिवालय सदस्य अहिले केन्द्रीय सचिवका रुपमा सशक्त दावि प्रस्तुत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शुभकालिका गाउँपालिका वडा नं ५ काे वडा भेला सम्पन्न

२०८२ जेष्ठ ९, बिहीबार १८:४९
‎कालीकाेट ,जिल्लाकाे शुभकालिका गाउँपालिका वडा नं ५  काे वडा भेला तथा आर्थिक वर्ष २०८२/०८३ काे याेजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ । वडा नं ५ का वडा अध्यक्ष मिम बहादुर शाहीकाे सभा अध्यक्षतामा कार्यक्रमकाे उद्वघाटन गरिएकाे थियाे । वडा भेला तथा योजना तर्जुमा कार्यक्रम भन्नाले स्थानीय तह अन्तर्गत वडास्तरमा नागरिक […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.