कालीकाेट ,जिल्लाकाे शुभकालिका गाउँपालिका वडा नं ५ काे वडा भेला तथा आर्थिक वर्ष २०८२/०८३ काे याेजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ । वडा नं ५ का वडा अध्यक्ष मिम बहादुर शाहीकाे सभा अध्यक्षतामा कार्यक्रमकाे उद्वघाटन गरिएकाे थियाे ।
वडा भेला तथा योजना तर्जुमा कार्यक्रम भन्नाले स्थानीय तह अन्तर्गत वडास्तरमा नागरिक सहभागिता सुनिश्चित गर्दै विकास योजना निर्माण गर्ने प्रक्रिया बुझिन्छ। यो कार्यक्रम प्रत्येक आर्थिक वर्षको सुरुआततिर आयोजना गरिन्छ र यसले वडाबासीका प्राथमिकता, समस्या, आवश्यकताहरूलाई योजनामा रूपान्तरण गर्न सहयोग पुर्याउँछ। कार्यक्रममा शुभकालिका गाउँपालिका वडा ५ का वडा सचिव तपेन्द्र बहादुर शाहीले आर्थिक वर्ष २०८२ मा गरेका कामहरू गर्न बाँकी योजनाहरूको बजेट कहाँ कति खर्च भयो र गर्न बाँकी बजेट प्रस्तुत गर्नुभएको थियो ।
आर्थिक वर्ष २०८३ का लागि वडा नं ५ का दलित टोल, बत्तिस टोल , अधिकारीबाडा, उदागाउँ, सेरी चंग्राइला, लगाएतका टोलबाट योजना छनोट गरिएको बताइएको छ । आर्थिक वर्ष २०८३ मा छनोट भएका र अधुरा काम हरुलाई योजना तर्जुमा बाट छनाेट गरेर विधिगत ढंगले काम गर्ने सुझाव सल्लाह कार्यान्वयन गर्ने वडाध्यक्ष शाहीले बताए ।
आफ्नो कार्यकालमा राम्रो कामहरू गर्ने जनताका गुनासाहरू सुन्ने र कार्यान्वयन गर्ने बताए । शुभकालिका गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीले पालिकाबाट विनियोजित बजेटबाट वडामा राम्रा कामहरू भएको बताइन्।
कार्यक्रममा शुभकालिका गाउँपालिका वडा नं ५ का अध्यक्ष मिम बहादुर शाहीकाे सभा अध्यक्षता ,उपाध्यक्ष धर्मकला शाहीकाे प्रमुख आतिथ्यता वडा नं ४ का वडा अध्यक्ष प्रदिप प्रसाद चौलागाईकाे विशेष अतिथ्यता , नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा शुभकालिका गाउँपालिका पार्टी इन्चार्ज कृष्ण प्रसाद आचार्य, नेपाली कांग्रेस जिल्ला कार्यसमिति उपसभापति नन्द बहादुर शाहीको विशेष अतिथ्यतामा कार्यक्रमकाे उद्घाटन गरिएको थियो ।
उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि , शिक्षक ,अभिभावक, बाल क्लब ,युवा क्लब नागरिक समाज, पत्रकार, सुरक्षाकर्मी अपाङ्ग जेष्ठ नागरिक लगायतको उपस्थिति रहेको थियो।





