कालीबहादुर मल्ल/कालिकाेट असार २९ । सर्वाेच्च अदालतले प्रमादेश जारी गर्दै २८ घण्टाभित्र सेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेपछि सम्भवतः अाजै साँझ ५ बजे देउले सफत लिनेे भएका छन् । माअाेवादी केन्द्रसहितकाे समर्थनमा देउवाकाे सरकारमा अागमन सँगेैै कर्णालीबाट कालिकाेटका जीवन बुढालाई मन्त्री वनाउनु पर्नेमा युवाहरुले दवाव दिन थालेका छन् ।
नेकपा माअाेवदी केन्द्रकी युवा नेता ममता अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा संघिय सरकारकाे मन्त्रि परिषदमा साबिक भेरी र राप्तीबाट मात्र हैन कर्णालीकाे पनि सहभागिता हुन पर्दछ । त्यसैले राष्ट्रिय सभा सदस्य जीवन बुढालाई पनि देउवा नेतृत्वकाे सरकारमा समावेश गराै ! भनेर लेखेेकी छन ।
अधिकारीका अनुसार जीवन बुढा विकासवादी र सरल शैली प्रस्ट वक्ता भएकाले कर्णलीबाट क्याविनेट मन्त्री हुनु पर्ने साविकको कार्णलीवासीहरुको माग रहेको छ ।
देउवा सरकारको मन्त्रीमा कालिकाेटका जीवन बुढाकाे चर्चा





