डोरखबर/कालिकोट ३ । शुभकालिका गाउँपालिका–४ का २६ वर्षीय विरेन्द्र चौलागाँइको सोमबार विहान करेन्ट लागेर मृत्यु भएको छ ।
आज विहान ८ बजेको समयमा राराकाटियामा विद्युत मर्मतका लागि पोलमा चढेको समयमा करेन्ट लागेर मृत्यु भएको जिलला प्रहरी कार्यालयका प्रमुख डिएसपी टेकबहादुर रावतले जानकारी दिएका छन् ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय,प्रहरी चौकी हाउडीको प्रहरी टोलि दुर्घटनास्थलमा पुगिसकेको छ ।