रंगिन परियोजनाको क्षमता विकास कार्यक्रम सुरु

कालीबहादुर मल्ल   ।   २०८२ भाद्र १३, शुक्रबार १८:०७

कालिकोट । एलजिबिटिआइक्युए पलस बालवालिका र समुदायको अधिकारका लागि कानूनी प्रावधान विषयक सरोकारवाला निकायसँग दुइ दिने अभिमुखिकरण शुक्रबार जिल्ला सदरमुकाम मान्ममा सुरु भएको छ ।


प्लान इन्टरनेष्नल नेपालको सहयोग तथा सादा नेपाल कालिकोटद्धारा रास्कोट र सान्नित्रिवेणी गाउँपालिकामा यौनिक तथा अल्पसख्याक समुदायका लागि सञ्चालित रंगिन परियोजना अन्तर्रगत अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो ।
सादा नेपाल कालिकोटका परियोजना संयोजक दलसिंह कुमालको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको प्रमुख अतिथ्यतामा दुइदिने अभिमुखिकरण कार्यक्रम उदघाटना गरिएको सादा नेपालका अनुगमन तथा मुल्यांकन अफिसर नमराज योगिले जानकारी गराउनु भएको छ ।


एलजिबिटिआइक्युए बालबालिकाहरूलाई संरक्षण गर्ने राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय मानव अधिकार दस्तावेजहरूको बुझाइमा एकरुपता ल्याउँने,बालबालिका, किशोरकिशोरी र युवाहरूको अधिकारको प्रवद्र्धन र संरक्षण गर्न सरकारको क्षमता अभिवृद्धि गर्ने, उक्त बालबालिका, किशोरकिशोरी र युवाहरू माझ आफ्नो अधिकार दाबी गर्न जागरूकता र सशक्तिकरण बढाउने, उनिहरुमैत्री वातावरण विद्यालयहरू स्थापना गर्ने उद्देश्यकासाथ कार्यक्रमको सञ्चालन गरिएको रंगिन परियोजना फिल्ड सुपरभाइजर निलम गिरिले वताउनु भयो ।

रास्कोट नगरपािलका,सान्नि त्रिवेणी गाउँपालिका न्यायिक समिति प्रहरी,जिल्ला प्रहरी कार्यालयका महिला बालवालिका सेलका प्रहरीको सहभागितामा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा प्रहरी नायव उपरिक्षक टेकबहादुर रावत,सशस्त्र प्रहरी नायव उपरिक्षक दिपक चन्द,प्लान इन्टरनष्नल नेपालका दिक्षा भाट,नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा मानव अधिकारकर्मी कालीबहादुर मल्ल,सान्नित्रिवेणी गाउँपालिका कानूनी सल्लाकार अधिवक्ता नविन जैसि,प्रशिक्षक राजु आचर्यको विशेष सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रंगिन परियोजनाको दुइदिने क्षमता विकास तालिम सम्पन्न

२०८२ भाद्र १३, शुक्रबार १८:०७
कालिकोट । एलजिबिटिआइक्युए पलस बालवालिका र समुदायको अधिकार तथा उनिहरुको संरक्षणका लागि कानूनी प्रावधान विषयक सरोकारवाला निकायसँग दुइ दिने अभिमुखिकरण तालिम शनिबार जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको छ । प्लान इन्टरनेश्नल नेपालको आर्थिक  सहयोग तथा सादा नेपाल कालिकोट को साझेदारीमा संचालित परियोजना रास्कोट न पा र सान्नि त्रिबेणि गाउँपालिकामा यौनिक […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.