करार कर्मचारीको भरमा कालिकोटका स्थानीय तह

डोरखबर संवाददाता   ।   २०८२ असार २१, शनिबार १७:१७

कालिकोट। जिल्लाका नौ स्थानीय तहमा करारमा मात्रै एक हजारभन्दा बढी कर्मचारीले कामकाज गर्दै आएका छन् । स्थानीय तहको निर्वाचनपछि विभिन्न समयमा करारमा नियुक्त भएका कर्मचारीको सङ्ख्या अहिले कालीकोटका नौ स्थानीय तहमा एक हजार ३४ जना पुगेका छन् । यी करारका कर्मचारीका लागि स्थानीय तहले वार्षिक २४ करोड ११ लाख ४४ हजार ५६३ रुपियाँ तलबमा खर्च गर्दै आएका छन् ।

करारमा सबैभन्दा बढी तिलागुफा नगरपालिकाले नियुक्त गरेको छ । तिलागुफा नगरपालिकाले १६४ जना करारका कर्मचारी राखेको छ । स्थानीय तहमा दरबन्दी सङ्ख्या कति हो त्यसको हिसाब छैन तर तिलागुफा नगरपालिकाले शिक्षक छोडेर नगरपालिकामा मात्रै ८८ जना कर्मचारी करारमा भर्ती गरेको छ । यी कर्मचारीका लागि वार्षिक तीन करोड ६८ लाख १२ हजार ८०२ रुपियाँ विकासे बजेट खर्च गर्ने गरेको छ ।

तिलागुफा नगरपालिका प्रमुख शङ्करप्रसाद उपाध्यायले विद्यालयमा शिक्षकको अभाव हुँदा राख्नैपर्ने बाध्यताले राखिएको बताउनुभयो । उहाँले कर्मचारी राखेपछि तलब खुवाउनुपर्ने भन्दै यदि तलब नखुवाउने हो भने कर्मचारी हटाउनुपर्ने उल्लेख गर्नुभयो । महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा सो रकम तलबमा मात्र गइरहेको उल्लेख छ । दोस्रो नम्बरमा खाँडाचव्रm नगरपालिका छ । खाँडाचव्रmले १३५ जना करारमा कर्मचारी भर्ती गरेर वार्षिक दुई करोड ६१ लाख ८७ हजार ८८४ रुपियाँ खर्च गरिरहेको छ ।

तेस्रोमा रास्कोट नगरपालिका रहेको छ । रास्कोट नगरपालिकाले १३२ जना कर्मचारी राखेर एक करोड ९० लाख ८३ हजार खर्च गरिरहेको छ । त्यसपछि पलाँता गाउँपालिकाले १२२ जना कर्मचारी करारमा राखेका छन् । उसले वार्षिक तीन करोड ४० लाख ३३ हजार ७५२ रुपियाँ खर्च गर्दै आएको छ । महाबै गाउँपालिकाले १११ जना करार कर्मचारीलाई वार्षिक तीन करोड छ लाख २३ हजार ५०१ रुपियाँ खर्च गरिरहेको छ । स्थायी कर्मचारीको कुनै लेखाजोखा नगरी करार कर्मचारीको जोडबलमा स्थानीय तह छन् ।

जिल्लाको नरहरिनाथ गाउँपालिकाले १०१ जना करार कर्मचारी राखेर वार्षिक दुई करोड ८६ लाख ८५ हजार ४५ रुपियाँ तलब भत्तामा खर्च गरिरहेको छ । यस्तै सान्नीत्रिवेणी गाउँपालिकाले एक सय जना कर्मचारी करारमा राखेर वार्षिक दुई करोड ५९ लाख ४४ हजार ७६६ रुपियाँ तलबमा भुक्तानी गर्दै आएको छ । सङ्ख्यामा शुभकालिका गाउँपालिकाले ९४ जना करार कर्मचारीका लागि दुई करोड पाँच लाख ६१ हजार ६८ रुपियाँ तलबमा खर्च गर्ने गरेको छ ।

यता पचालझरना गाउँपालिकाले ७५ जना करारका कर्मचारीका लागि वार्षिक एक करोड ३८ लाख ११ हजार ७४५ रुपियाँ खर्च गरिरहेको छ । स्थानीय तहले करारमा कार्यकर्ता र आफन्त व्यवस्थापन गर्नका लागि लोक सेवा आयोगसँग कर्मचारी माग गरेका छैनन् ।

यो खबर गोर्खापत्रमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री ओली आज हुम्ला आउँदै, ऐतिहासिक बेलिब्रिजको उद्घाटन गर्ने

२०८२ असार २१, शनिबार १७:१७
डोेरखबर/कालिकोट—प्रधानमन्त्री केपी शर्मा ओली  असार २२ गते (आज) ऐतिहासिक महत्व बोकेको दोजाम कर्णाली नदीमाथिको बेलिब्रिजको औपचारिक उद्घाटनका लागि हुम्ला आउन लाग्नुभएको छ।खार्पुनाथ गाउँपालिका–५ स्थित खार्पुको दोजाममा निर्माण सम्पन्न भएको उक्त पुल कर्णाली करिडोर अन्तर्गतको प्रमुख उपलब्धि मानिएको छ। प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको पनि हुम्ला भ्रमण तय […]

सम्बन्धित समाचार

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.