प्रधानमन्त्री ओली आज हुम्ला आउँदै, ऐतिहासिक बेलिब्रिजको उद्घाटन गर्ने

कालिबहादुर मल्ल   ।   २०८२ असार २१, शनिबार २१:००

डोेरखबर/कालिकोट—प्रधानमन्त्री केपी शर्मा ओली  असार २२ गते (आज) ऐतिहासिक महत्व बोकेको दोजाम कर्णाली नदीमाथिको बेलिब्रिजको औपचारिक उद्घाटनका लागि हुम्ला आउन लाग्नुभएको छ।
खार्पुनाथ गाउँपालिका–५ स्थित खार्पुको दोजाममा निर्माण सम्पन्न भएको उक्त पुल कर्णाली करिडोर अन्तर्गतको प्रमुख उपलब्धि मानिएको छ।

प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको पनि हुम्ला भ्रमण तय भएको जानकारी नेकपा एमाले कर्णाली प्रदेशका नेता नवराज महताराले दिनुभयो। उहाँले यो पुल उद्घाटनसँगै हुम्ला जिल्लाले राष्ट्रिय सडक सञ्जालमा औपचारिक रूपमा जोडिने ऐतिहासिक दिनको साक्षी बन्ने बताउनु भयो।

यसअघि प्रधानमन्त्री ओलीले केही सार्वजनिक कार्यक्रममा “अब सिमकोट राष्ट्रिय सडकसँग जोडिन धेरै दिन बाँकी छैन” भनेर आश्वासन दिनुभएको थियो। यो उद्घाटनले त्यही प्रतिबद्धतालाई सार्थकता दिएको छ।

बेलिब्रिजः दुर्गम हुम्लाका लागि विकासको नयाँ ढोका

नेपाली सेनाको सक्रिय भूमिकामा निर्माण सम्पन्न भएको ५२ मिटर लामो स्टिल ट्रस बेलिब्रिजको एप्रोच वाल, ग्याविन वाल लगायत सबै संरचनात्मक कार्यहरू सम्पन्न भइसकेका छन्।

यस पुलको अभावमा हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग पूर्ण रूपमा जोडिन सकेको थिएन। दोजाम कर्णालीमा पुल नहुनु हुम्लाका बासिन्दाहरूका लागि वर्षौंदेखिको बाधा थियो। स्थानीयको निरन्तर मागपछि सरकारको पुस महिनाको मन्त्रिपरिषद् बैठकबाट यो परियोजना नेपाली सेनालाई जिम्मा दिइएको थियो।

अब सिमकोटबाट सिधै गाडी यात्रा काठमाडौँसम्म

पुल सञ्चालनमा आएपछि अब हुम्लाबाट सिधै सुर्खेत, नेपालगन्ज हुँदै काठमाडौँसम्म सडकमार्गमार्फत गाडी यात्रा सम्भव हुने भएको छ।असार मसान्तभित्र पुलको सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य नेपाली सेनाले निर्धारण गरेको थियो, जुन लक्ष्य सफलतापूर्वक पूरा भएको छ।

यो उद्घाटनले मात्र होइन, सम्पूर्ण हुम्ला जिल्लाका जनताको जीवनमा सहजता र समृद्धिको नयाँ अध्याय लेखिने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

२०८२ असार २१, शनिबार २१:००
काठमाडौं । भोजपुरको रामप्रसादराई गाउँपालिका-२ धोद्लेखानीमा एउटै घरमा चार जनाको हत्या भएको छ । भोजपुर नगरपालिका-२ घर भएका राजेन्द्र राई (ज्वाइँ)ले श्रीमती, सासू ससुरा र सालोको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक उमेश यादवले जनाकारी दिए । यादवका अनुसार ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती ४५ […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.