मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

डोरखबर समाचारदाता   ।   २०८२ जेष्ठ २९, बुधबार १५:३७

काठमाडौँ। सरकारले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका मातहतको १५ शय्याको लम्कीचुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्ने गरी हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेकोछ ।

सञ्चार तथा सूचनाप्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आज पत्रकार सम्मेलनमार्फत मन्त्री परिषद्को जेठ २६ गते बसेको बैठकको निर्णय सार्वजनिक गरेका हुन् । यसै क्रममा सरकारले २०८२ जेठ ३१ गतेदेखि असार ६ गतेसम्म इजरायलमा आयोजना हुने मुनि वल्र्ड एक्पो २०२५ मा राष्ट्रिय योजना आयोगका सदस्य डा.जय बहादुर टण्डनलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय समेत रहेको मन्त्री गुरुङले जानकारी दिए ।

साथै, २०८२ असार १० गतेदेखि १२ गतेसम्म जनवादी गणतन्त्र चीनको बेइजिङमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको वार्षिक बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने, २०८२ असार २ गतेदेखि ६ गतेसम्म सिजाङ (तिब्बत) को ल्हासामा आयोजना हुने नेपाल–चीनको सिजाङ (तिब्बत) व्यापार सहजीकरण समितिको १३ औं बैठकको छलफलको एजेण्डा स्वीकृत गर्ने र उल्लिखित बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने मन्त्रीपरिषद्को निर्णय छ ।

त्यस्तै, निर्माण व्यवसायसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने, नेपाली सेनाका एकजना महासेनानीको सरूवा गर्ने, एकजना सहायक रथीको राजीनामा स्वीकृत गर्ने, चारजना प्रमुख सेनानीहरूको महासेनानी दर्जामा बढुवा गरी पदस्थापन गर्ने र एकजना रथीको वैदेशिक भ्रमण स्वीकृत गर्ने, प्राचीन स्मारक संरक्षणसम्बन्धी विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने, शान्तिनगर गाउँपालिका, दाइको केन्द्र वडा नं.४ चिराघाटबाट परिवर्तन गरी वडा नं. ४ जुम्लेकुला कायम गर्ने, महालक्ष्मी नगरपालिका, ललितपुरको केन्द्र वडा नं. ४ कमलपोखरीबाट परिवर्तन गरी वडा नं. ८ लुभु देवीस्थान कायम गर्ने सरकारको निर्णय छ ।

नेपाल स्वास्थ्य सेवाको अधिकृत बाह्रौं तह, अतिरिक्त स्वास्थ्य सचिव पदमा डा. केशर बहादुर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठलाई बहुवा गर्ने र नेपाल गुणस्तर (प्रमाण चिन्ह) (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने सरकारको निर्णय रहेकोछ मन्त्री गुरुङले बताए ।

News of Nepal बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शुभकालिका गाउँपालिका पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा

२०८२ जेष्ठ २९, बुधबार १५:३७
‎कालीकाेट, जिल्लाकाे शुभकालिका गाउँपालिका पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा गरिएकाे छ । ‘श्राेतकाे उपयाेग स्वामित्व र सहभागीता पूर्णखाेप पालिका हाम्रो प्रतिवद्वता” भन्ने मुल नाराका साथ  गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीकाे सभा अध्यक्षतामा बिहीबार घाेषणा गरिएको हाे । कार्यक्रममा शुभकालिका गाउँपालिका  स्वास्थ्य शाखा प्रमुख गणेश बहादुर शाहीले पूर्णखोप सुनिश्चितता जनसंख्याको सबै वर्गलाई […]

सम्बन्धित समाचार

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.