अफगानिस्तान भूकम्पमा ८२० भन्दा बढीको मृत्यु

डाेरखबर समाचारदाता   ।   २०८२ भाद्र १७, मंगलवार १०:१५

काठमाडौं। सोमबार राति स्थानीय समयअनुसार ११ः४७ बजे, अफगानिस्तानको पूर्वी क्षेत्रमा ६ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पले काबुलको पूर्वी क्षेत्र नजिकको कुनार प्रान्तलाई विशेष गरी प्रभावित पारेको छ । रिपोर्टअनुसार कम्तीमा ८ सय २० जनाको मृत्यु भएको र २ हजार ५ सयभन्दा बढी घाइते भएका छन् ।
उद्धार कार्य जारी रहेको छ । ठूलो भूकम्पपछि अहिलेसम्म ९ वटा परकम्प गइसकेको छ । उद्धारकर्मीले मर्ने र घाइतेको संख्याको बारेमा थप जानकारी गराइरहेकाले सो संख्या अझै बढ्ने बताइएको छ । भूकम्पमा परी २ हजारभन्दा बढी घरहरू पूर्ण रूपमा ध्वस्त भएको छ भने हजारौं घरहरू प्रभावित भएका छन् । अहिले घरबारविहीन भएकाहरूलाई सुरक्षित आश्रयस्थलतर्फ लगिएको छ ।

भूकम्पपछि उद्धार कार्यमा प्रमुख चुनौतीहरू देखा परेका छन् । पहाडी र दुर्गम क्षेत्रका कारण उद्धार टोलीहरूलाई पहुँचमा कठिनाइ भइरहेको छ । साथै, भूकम्पपछि आएका परकम्पका कारण थप जोखिम उत्पन्न भएको छ । स्थानीय अस्पतालहरूमा घाइतेको उपचारका लागि पर्याप्त स्रोतसाधनको अभाव भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यस अवस्थामा अन्तर्राष्ट्रिय समुदायको सहयोग अत्यन्त आवश्यक रहेको छ । अन्तर्राष्ट्रिय समुदायबाट लगभग यो मुलुक अलग अवस्थामा रहेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै अफगानिस्तानस्थित राष्ट्रसंघीय कार्यालयले प्रभावित क्षेत्रका पीडितलाई सहयोग गर्ने तयारी भइरहेको बताउनुभएको छ । अफगानिस्तानको भूकम्प प्रभावित क्षेत्रको उद्धार र राहत कार्यमा अन्तर्राष्ट्रिय समुदायले सक्रियता देखाएको छ ।
चीन भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अफगानिस्तानका जनतालाई सहयोग पु¥याउने प्रतिबद्धता जनाउनुभएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले पनि अफगानिस्तानका जनताप्रति समवेदना व्यक्त गर्दै भारतले आवश्यक सहयोग प्रदान गर्ने बताउनुभएको छ । यसै गरी इरानले पनि अफगानिस्तानलाई पूर्ण सहयोग दिने घोषणा गरेको छ । इरानका विदेश मन्त्रालयका प्रवक्ताले अफगानिस्तानका जनतालाई समवेदना व्यक्त गर्दै इरानले आवश्यक सहयोग प्रदान गर्ने बताउनुभएको हो ।

अफगानिस्तानले अहिले आएर अन्तर्राष्ट्रिय सहयोग मागेको छ । तालिवान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानलले भूकम्पले सिर्जना गरेको परिस्थितिसँग जुध्न अन्तर्राष्ट्रिय सहायताका लागि आह्वान गर्नुभएको छ ।

Newsofnepal bata

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फेसबुक, युट्युब, एक्ससहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

२०८२ भाद्र १७, मंगलवार १०:१५
काठमाडौँ।सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुन नआउने सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो। फेसबुक, युट्युब, एक्ससहित २६ वटा सञ्जाल बन्द गर्ने निर्णय भएको हो। सरकारले पछिल्लोपटक सूचीकरणका लागि […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.