फेसबुक, युट्युब, एक्ससहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

डाेरखबर समाचारदाता   ।   २०८२ भाद्र १९, बिहीबार १५:२५

काठमाडौँ।सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुन नआउने सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो। फेसबुक, युट्युब, एक्ससहित २६ वटा सञ्जाल बन्द गर्ने निर्णय भएको हो।

सरकारले पछिल्लोपटक सूचीकरणका लागि सात दिनको म्याद दिएको थियो। उक्त म्याद गएराति १२ बजे नै सकिएको छ।

सरकारले यही भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले सात दिनको म्याद दिएर सामाजिक सञ्जाललाई सूचीकरणका लागि समय दिएको थियो। त्यसपछि सञ्चार मन्त्रालयले भदौ १२ गते सूचना जारी गरेको थियो।

अहिलेसम्म टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्रै सूचीकृत भएका छन्।

सर्वोच्च अदालतले पनि सूचीकृत नभएका सामाजिक सञ्जाल, ओटीटी एप्सलगायत इन्टरनेट ब्राउजरबाट विज्ञापनसहित प्रशारण हुने सामग्रीमाथि बन्देज गर्न र नियमनका लागि आवश्यक कानुन बनाउन सरकारको नाममा परमादेश जारी गरेको थियो।

newsofnepal bata

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपा एमालेको दोस्रो विधान महाधिवेशन समूहगत छलफलमा प्रि-इलेक्सनदेखि विद्या भण्डारीको सदस्यता पुनर्बहालीसम्मका सुझाव

२०८२ भाद्र १९, बिहीबार १५:२५
काठमाडौं । नेकपा एमालेको जारी दोस्रो विधान महाधिवेशन अन्तर्गत शनिबार १० वटा समूह बनाएर समूहगत छलफल भएको छ । शनिबार भएको छलफलमा आएका विचार र सुझावलाई समेटेर १० वटै समूह नेताले आइतबार एकीकृत रुपमा प्रस्तुत गर्नेछन् । समूह नेतालाई सुनाउने गरी भएको समूहगत छलफलमा विधान महाधिवेशन प्रतिनिधिहरूले खुलेरै आफ्ना विचार […]

सम्बन्धित समाचार

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.