टीकाको उत्तम साइत बिहान १०ः१९ बजे

रमेश सुनार   ।   २०७७ कार्तिक १०, सोमबार ०८:५४

कालिकोट कार्तिक १० गते नेपालिहरुकाे हिन्दुधर्मावलम्बीको सबैभन्दा ठूलो पर्वको रुपमा मनाइने बडादशै पर्व आज सबैको घरघरमा हर्षोउल्लासका साथ मनाइदै छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज देवी विर्सजनको साइत विहान १० बजेर ११ मिनेटमा रहेको छ । त्यसैगरी टीकाको उत्तम साइत बिहान १०ः१९ बजे रहेको समितिले जनाएको छ ।

टीका लगाउँदा चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुन्छ । त्यसैले आज विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका थाप्ने मानिस पश्चिम तर्फ फर्कनुपर्छ भने टीका लगाइदिने व्यक्ति पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । यसो गर्दा टीका लगाइदिने व्यक्तिको दायाँतर्फ चन्द्रमा पर्छ भने टीका थाप्ने व्यक्तिको सम्मुख पर्छ । यसरी बसेर टीका लगाउँदा शुभ हुने धार्मिक विश्वास छ ।

निश्चित समयमा टीकाको साइत तोकिए पनि विजयादशमीका दिन दिनभर टीका लगाउन कुनै बाधा नरहेको पञ्चांग निर्णायक समितिले जनाएको छ । देशका धेरैजसो स्थानमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीकासहित आशीर्वाद लिने परम्परा रहिआएको छ ।

आज अर्थात विजयादशमीका दिन घटस्थापना गरिएको घडाको जलले अभिषेक गरी मान्यजनबाट जमरासहित देवीको प्रसाद स्वरुप टीका लगाउने धार्मिक परम्परा हो ।

आज टीकाकै दिन बिहान ८ः४७ बजे तुलजा भवानीको यात्रा गराउने साइत जुरेको छ । तुलजा भवानीलाई स्थिर आसनमा राख्ने साइत भने बिहान ९ः४९ बजे रहेको छ । खड्गयात्रासमेत आजकै दिन गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपा अध्यक्षद्वय ओली र दाहालबीच भेटवार्ता,तोडियो संवादहीनता

२०७७ कार्तिक १०, सोमबार ०८:५४
खबरखोज सम्वाददाता/ काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । दसैं सहिएलगत्तै अध्यक्षद्वय ओली र प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध अबिश्वासको प्रस्ताव ल्याएपछि समाधानका लागि भएको सहमतिबिपरित चलेपछि दुई अध्यक्षबीच संवाद […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.