प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीकाे बैठक, पुस १०–११ गते लुम्बिनीमा

प्रतिभा ऐडि   ।   २०७८ मंसिर २९, बुधबार ०६:१८

काठमाडौं । प्रेस चौतारी नेपालले नवौँ राष्ट्रिय अधिवेशनको मिति निर्धारणलगायत विषयमा छलफल गर्न आउँदो पुस १० र ११ गते रुपन्देहीको लुम्बिनीमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । प्रेस चौतारीले केन्द्रीय कमिटीमा अनुशासनको कारबाहीबाट हटाइएर रिक्त स्थानमा बिधानअनुसार सदस्य मनोनयन र एकता प्रक्रियाबाट आएकालाई समायोजन गरेपछि पहिलो पटक केन्द्रीय बैठक बस्न लागेको हो ।
बैठकमा केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यसमेत सहभागी अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयो । पछिल्लो पटक संशोधन गरिएको बिधानमा आयोगका सदस्इ पनि केन्द्रीय सदस्यकै सरह रहने ब्यवस्था भएपछि दुवै आयोगका सदस्यलाई पनि केन्द्रीय कमिटी बैठकमा सहभागी गराइने बस्नेतले जनाउनु भयो । बैठकले राष्ट्रिय अधिवेनशनको मिति तोक्नुका साथै प्रदेश र जिल्ला अधिवेशनको तिथि तय गर्नेछ । चौतारीले आगामी फागुनभित्र नवौं राष्ट्रिय अधिवेशन सम्पन्न गरिने कार्ययोजनासहित अघि बढेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खाँडाचक्र–७ को वडाध्यक्षमा फेरि पनि मल्ल बिजयी

२०७८ मंसिर २९, बुधबार ०६:१८
कालिकोट । खाँडाचक्र नगरपालिका–७ को वडाध्यक्षमा बुधबार पुनःमत गणना हुँदा एक मतको अन्तरले फेरी पनि नेकपा(एमाले) सूर्य चिन्हका उम्मेदवार रजबहादुर मल्ल बिजयी हुनु भएको छ । वडाध्यक्षका प्रत्यासी माओवादी केन्द्रबाट गोलाकार भित्रको हसिया हतौडो चिन्हबाट उम्मेदवार दिपक कार्कीले २०७४ जेठ ५ गते भएको मत गणना चित्त नबुझेको भन्दै अदालतमा उजुरी […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.