भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमकाे निधन

डाेरखबर समाचारदाता   ।   २०८२ कार्तिक १४, बिहीबार १४:१४

बुटवल । रुपन्देहीमा उद्योगहरूमा भएको विद्युत् कटौतीको विरोधमा आयोजित कार्यक्रममा एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ।

नेपाल विद्युत् प्राधिकरणले रुपन्देहीका १३ वटा उद्योगको लाइन काटेपछि सुरु भएको उद्योगीहरूको आन्दोलनमा सहभागी भएका गौतम बिहीबार दिउँसो कार्यक्रममा भाषण गर्दै गर्दा अचानक ढलेका थिए।

उनलाई तुरुन्तै उपचारका लागि तिलोत्तमा नगरपालिकास्थित मणिग्रामको क्रिमसन अस्पताल पुर्‍याइएको थियो । तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका छन्।

एमाले रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरेले  गौतमको मृत्यु भएको पुष्टि गरेका छन्। कार्यक्रममा सम्बोधन गर्दै उनले सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाएका थिए। उनले श्रमिकहरूलाई एकजुट भएर आन्दोलनमा उत्रिन आह्वान गर्दै भाषण गरिरहेका बेला बेहोस भई ढलेका थिए।
बुटवल उपमहानगरपालिका–३, लक्ष्मीनगर निवासी गौतम लामो समयदेखि जिफन्टको नेतृत्वमा सक्रिय थिए।  हाल गौतमको शव क्रिमसन अस्पतालमा राखिएको छ भने उद्योगी, व्यवसायी र विभिन्न श्रमिक संगठनका प्रतिनिधिहरू अस्पताल परिसरमा उपस्थित रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माओवादी महाधिवेशन आयोजक समितिको अन्तिम बैठक सुरू, जनार्दन समुहद्धारा बहिष्कार

२०८२ कार्तिक १४, बिहीबार १४:१४
काठमाडौँ । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक नेता जनार्दन शर्माले बहिष्कार गरेका छन् । प्रज्ञा भवन कमलादीमा सुरू भएको अन्तिम बैठकमा शर्मासहित सचिवालय सदस्य राम कार्कीले पनि बहिष्कार गरेका हुन् । असोजको ९ र १० गते बसेको केन्द्रीय समिति बैठकले मंसिरको अन्त्यमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.