Skip to content
Trending
  • # Shubakalika
  • # Shubhakalika
  • # Kalikot
  • # khadachakra nagar palika
  • # shubhakaila
  • # Sinnne
2026 Oct 28, Wednesday ।। ११ कार्तिक २०८३, मंगलवार
doorkhabar doorkhabar

Online News Portal

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • खेलकुद
  • विचार/अन्तर्वार्ता
  • विजनेश
  • खोज फिचर
  • मनोरन्जन
  • रैबार
  • सम्पादकीय
  • सूचना प्रविधि

अब व्यवसायिक रूपमा कस्तूरी पाल्न पाइने

खबरखाेज समाचारदाता   ।   २०७९ भाद्र २, बिहीबार ०७:४५
खबरखाेज/कालिकाेट । राष्ट्रिय प्रकृति संरक्षण कोषले कस्तुरी पालनलाई व्यवसायिक बनाउन जाजरकोटको बारेकोट गाउँपलिकाको सक्ला रानीचौरमा कस्तूरी प्रजनन केन्द्र स्थापनाको काम तीव्ररूपमा अगाडि बढाएकाे छ । अघिल्लो आर्थिक वर्षदेखि शुरु गरिएको काम अहिले तीव्ररूपमा अगाडि बढेको हो । कस्तूरी मृग पाल्न चाहनेलाई बीउ प्राणी उपलब्ध गराउन सरकारले जाजरकोट सक्ला रानीचौरमा कस्तूरी प्रजनन केन्द्र स्थापनाका लागि काम जारी राखेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए ।

अहिले प्रजनन केन्द्रका लागि भवन निर्माणका कामहरु भइरहेका छन् । ३ करोड ५० लाख रूपैयाँको लगानीमा कोषले काम अगाडि बढाएको हाे । बारेकोटका अग्ला हिमालमा पाइने कस्तूरीलाई रानीचौरको प्रजनन केन्द्रमा ल्याएर बच्चा उत्पादनको काम हुनेछ ।

वनमन्त्रीको गृहजिल्लासमेत रहेको जाजरकोटमा कस्तूरीको व्यावसायिक पालन शुरु भएपछि स्थानीयवासीहरु खुसी भएका छन् । बारेकोटको अग्ला हिमालमा विभिन्न जङ्गली जनावर पाइने गर्दछन् । नेपालमा कालो, कश्मीर, अल्पाइन, हिमाली गरी चार प्रजातिका कस्तूरी पाइन्छन् । जाजरकोटमा यीमध्ये केही जातिका पाइने बताइएको छ ।

जाजरकोटमा हिमाली र कश्मीर प्रजातिलाई प्रजनन केन्द्रमा राखेर बीउ प्राणी जन्माइने योजना रहेको छ । वन्यजन्तु पालनका लागि सरकारले २०७६ मङ्सिर २३ गते लाइसेन्स र बीउ प्राणीका लागि राजपत्रमा प्रकाशित गरी लागि खुल्ला गरेको छ । कस्तूरी पालनको लाइसेन्स लिन रु एक लाख र एउटा बीउ प्राणीका लागि रु ७५ हजार दस्तुर तोकिएको छ । कस्तूरी हिमाली क्षेत्रमा पाइने र तत्कालै उपलब्ध गराउन असम्भव भएकाले प्रजनन केन्द्रमा बीउ प्राणी उत्पादन गर्ने योजना अघि बढाइएको मन्त्री बस्नेतले जानकारी दिए ।

जाजरकोटको बारेकोट सक्ला रानीचौरमा दुई हजार १०० मिटरमा भवन बन्दै गरेको छ । रानीचौरमा कस्तूरी प्रजननका लागि प्राकृतिक बासस्थान र तापक्रमको सन्तुलनसमेत राम्रो भएकाले यहाँ काम गर्न लागिएको हो । प्रजनन केन्द्रमा भाले र पोथी गरी कम्तीमा २० वटा कस्तूरी मृग प्राकृतिक बासस्थानबाट सङ्कलन गरी यहाँ राखिने छ । कस्तूरीको प्रजनन गराउन र हुर्काउन सधैँभरि २५ डिग्री सेल्सियसभन्दा कम तापक्रम चाहिने गर्दछ ।

कस्तूरी पालनपछि यहाँबाट उत्पादन हुने सुगन्धित कस्तूरी (बिना) बिक्री हुनेछ । व्यावसायिक पालन खुला भएपछि अवैध चोरी रोकिने सरकारको अपेक्षा छ ।  भेट खबरमा छापिएकाे छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली कम्युनिस्ट क्रान्ति बिचलन कि बिजय ? लक्ष्मणबहादुर बम

२०७९ भाद्र २, बिहीबार ०७:४५
नेपाली कम्युनिस्ट आन्दोलनको घटनाक्रम लाई केलाएर हेर्ने हो भने निष्कर्षको बिन्दु खोजिरहेको छ । झट्ट हेर्दा क्रान्ति सम्पन्न भएको जस्तै देखिने तर सारमा जानेहो भने थुप्रै अपुग्ताले भरिभराउ देखिन्छ । यो पुर्णताको आशा सबैले गरिरहेको तर खोजिमा मेलोमेसो नपाएको जस्तै देखिएको छ । यहि अन्योलताका कारण देशको अर्थतन्त्र र राजनीतिक […]

सम्बन्धित समाचार

  • २०८१ कार्तिक ४, आईतवार ०८:२९

    एकीकृत समाजवादीको एउटा समूह एमालेमा जान सक्छ : नेता मिश्र

  • २०८० कार्तिक २४, शुक्रबार १०:३७

    बालविवाह विरुद्ध साझा अभियान सञ्जालका पदाधिकारीलाई तालिम सम्पन्न

  • २०८२ मंसिर १८, बुधबार १५:३९

    माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्माद्वारा राजीनामा

  • २०८२ असार ४, बुधबार ०९:४७

    शुभकालिका गाउँपालिका स्तरीय दलित सशक्तिकरण मञ्च गठन

  • २०७९ फाल्गुन ५, शुक्रबार १३:००

    एमालेको ‘ग्रास रुट’ अभियान आजवाट सुरु, देशैभरी को को खटिदैछन ? (सुचीसहित)

  • २०८१ भाद्र ७, शुक्रबार १५:२०

    प्रधानमन्त्री केपी शर्मा ओली जुम्ला आउने

ताजा अपडेट

डेभिड मिलर कर्णाली याक्समा अनुबन्ध, एनपीएलमा छक्काको वर्षा गर्ने लक्ष्य

ग्लोबल फोरममा सहभागी हुन एमाले वरिष्ठ नेता भण्डारी चीन प्रस्थान

कांग्रेस महाधिवेशनबाट असन्तुष्ट नेताहरू देउवा समूहमा जाने !

कांग्रेस १५औँ महाधिवेशन : कर्णालीबाट १ सहमहामन्त्री, १४ केन्द्रीय सदस्य

यी हुन् कांग्रेसका महाधिवेशन प्रतिनिधि (नामावलीसहित )

कालिकोटमा १०औँ राष्ट्रिय खेलकुदको जिल्ला छनोट प्रतियोगिता उद्घाटन ।

अल्माेडामा घर भत्किँदा लालुका दुई जनाकाे मृत्यु

भोटेकोशी बाढी : मृतकको सङ्ख्या ७ सय ८८ पुग्यो

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २३ सय १ जनाको उद्धार

कालिकोटमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ सेवा सुरु भएपछि स्थानीय खुसि

खबरखोज मिडिया प्रा.लि.द्वारा सञ्चालित
डाेरखबर डटकमका लागि

सूचना तथा प्रसारण बिभाग द.न.४६९६/ ०८१-८२
प्रेस काउन्सिल नेपाल सूचिकरण नं. ४७०५/०८१-८२

अध्यक्ष/सम्पादकः कालीबहादुर मल्ल
सह समपादक: दानबहादुर सिंह
समाचार प्रमुख : छत्र राेका मगर

ठेगानाः खाँडाचक्र नपा – १, कालिकाेट

सम्पर्क नं. ९८४८३१०५७०

Email: bahadurkali@gmail.com

© 2020 All Right Reserved. doorkhabar.com ।। Design: by Aarush Creation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • खेलकुद
  • विचार/अन्तर्वार्ता
  • विजनेश
  • खोज फिचर
  • मनोरन्जन
  • रैबार
  • सम्पादकीय
  • सूचना प्रविधि

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.