Skip to content
Trending
  • # Shubakalika
  • # Shubhakalika
  • # khadachakra nagar palika
  • # shubhakaila
  • # Kalikot
  • # Sinnne
2026 Jul 27, Monday ।। १० श्रावण २०८३, आईतवार
doorkhabar doorkhabar

Online News Portal

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • खेलकुद
  • विचार/अन्तर्वार्ता
  • विजनेश
  • खोज फिचर
  • मनोरन्जन
  • रैबार
  • सम्पादकीय
  • सूचना प्रविधि

अब व्यवसायिक रूपमा कस्तूरी पाल्न पाइने

खबरखाेज समाचारदाता   ।   २०७९ भाद्र २, बिहीबार ०७:४५
खबरखाेज/कालिकाेट । राष्ट्रिय प्रकृति संरक्षण कोषले कस्तुरी पालनलाई व्यवसायिक बनाउन जाजरकोटको बारेकोट गाउँपलिकाको सक्ला रानीचौरमा कस्तूरी प्रजनन केन्द्र स्थापनाको काम तीव्ररूपमा अगाडि बढाएकाे छ । अघिल्लो आर्थिक वर्षदेखि शुरु गरिएको काम अहिले तीव्ररूपमा अगाडि बढेको हो । कस्तूरी मृग पाल्न चाहनेलाई बीउ प्राणी उपलब्ध गराउन सरकारले जाजरकोट सक्ला रानीचौरमा कस्तूरी प्रजनन केन्द्र स्थापनाका लागि काम जारी राखेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए ।

अहिले प्रजनन केन्द्रका लागि भवन निर्माणका कामहरु भइरहेका छन् । ३ करोड ५० लाख रूपैयाँको लगानीमा कोषले काम अगाडि बढाएको हाे । बारेकोटका अग्ला हिमालमा पाइने कस्तूरीलाई रानीचौरको प्रजनन केन्द्रमा ल्याएर बच्चा उत्पादनको काम हुनेछ ।

वनमन्त्रीको गृहजिल्लासमेत रहेको जाजरकोटमा कस्तूरीको व्यावसायिक पालन शुरु भएपछि स्थानीयवासीहरु खुसी भएका छन् । बारेकोटको अग्ला हिमालमा विभिन्न जङ्गली जनावर पाइने गर्दछन् । नेपालमा कालो, कश्मीर, अल्पाइन, हिमाली गरी चार प्रजातिका कस्तूरी पाइन्छन् । जाजरकोटमा यीमध्ये केही जातिका पाइने बताइएको छ ।

जाजरकोटमा हिमाली र कश्मीर प्रजातिलाई प्रजनन केन्द्रमा राखेर बीउ प्राणी जन्माइने योजना रहेको छ । वन्यजन्तु पालनका लागि सरकारले २०७६ मङ्सिर २३ गते लाइसेन्स र बीउ प्राणीका लागि राजपत्रमा प्रकाशित गरी लागि खुल्ला गरेको छ । कस्तूरी पालनको लाइसेन्स लिन रु एक लाख र एउटा बीउ प्राणीका लागि रु ७५ हजार दस्तुर तोकिएको छ । कस्तूरी हिमाली क्षेत्रमा पाइने र तत्कालै उपलब्ध गराउन असम्भव भएकाले प्रजनन केन्द्रमा बीउ प्राणी उत्पादन गर्ने योजना अघि बढाइएको मन्त्री बस्नेतले जानकारी दिए ।

जाजरकोटको बारेकोट सक्ला रानीचौरमा दुई हजार १०० मिटरमा भवन बन्दै गरेको छ । रानीचौरमा कस्तूरी प्रजननका लागि प्राकृतिक बासस्थान र तापक्रमको सन्तुलनसमेत राम्रो भएकाले यहाँ काम गर्न लागिएको हो । प्रजनन केन्द्रमा भाले र पोथी गरी कम्तीमा २० वटा कस्तूरी मृग प्राकृतिक बासस्थानबाट सङ्कलन गरी यहाँ राखिने छ । कस्तूरीको प्रजनन गराउन र हुर्काउन सधैँभरि २५ डिग्री सेल्सियसभन्दा कम तापक्रम चाहिने गर्दछ ।

कस्तूरी पालनपछि यहाँबाट उत्पादन हुने सुगन्धित कस्तूरी (बिना) बिक्री हुनेछ । व्यावसायिक पालन खुला भएपछि अवैध चोरी रोकिने सरकारको अपेक्षा छ ।  भेट खबरमा छापिएकाे छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली कम्युनिस्ट क्रान्ति बिचलन कि बिजय ? लक्ष्मणबहादुर बम

२०७९ भाद्र २, बिहीबार ०७:४५
नेपाली कम्युनिस्ट आन्दोलनको घटनाक्रम लाई केलाएर हेर्ने हो भने निष्कर्षको बिन्दु खोजिरहेको छ । झट्ट हेर्दा क्रान्ति सम्पन्न भएको जस्तै देखिने तर सारमा जानेहो भने थुप्रै अपुग्ताले भरिभराउ देखिन्छ । यो पुर्णताको आशा सबैले गरिरहेको तर खोजिमा मेलोमेसो नपाएको जस्तै देखिएको छ । यहि अन्योलताका कारण देशको अर्थतन्त्र र राजनीतिक […]

सम्बन्धित समाचार

  • २०७७ आश्विन २२, बिहीबार १९:२७

    कालिकोटमा शैक्षिक क्षेत्रको सुधार गर्न अविभावकको जोड

  • २०८१ माघ २७, आईतवार १८:४८

    शुभकालिका गाउँपालिकाको १२ औं गाउँसभा एक कार्यक्रमका बीच उद्घाटन

  • २०७९ श्रावण १४, शनिबार १३:४९

    कर्णालीमा एमालेले बनायो ३५ सदस्यीय सचिवालय, विभिन्न विभागको जिम्मेवारी बाँडफाँट (सूचीसहित)

  • २०७७ कार्तिक १०, सोमबार ०८:५४

    टीकाको उत्तम साइत बिहान १०ः१९ बजे

  • २०७८ आश्विन २९, शुक्रबार १६:१७

    दक्षिणा पाउनुभयो ! अब यसो गर्नुस्, नत्र कारबाहीमा परिएला

  • २०७७ भाद्र ६, शनिबार १८:४१

    मार्ने धम्की दिएर दलित बालिकाको गर्भ पतन, पीडितको ज्यान जोखिममा

ताजा अपडेट

प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

खैरो हेरोइनसहित दुई महिला पक्राउ

कालिकोटको बिकास निमार्ण राेक्ने भौतिक मन्त्रीको आदेशप्रति स्थानीय नागरिकको आपत्ती

घट्टभित्र पुरिएर कालिकोट मेहमुडिमा दुइजनाको मृत्यु

वर्षौँपछि किसानका खेतमा पुग्यो पानी

गाउँपालिका स्तरीय बाल सञ्जाल गठन

कालिकोटमा देउडा दिवस भव्य रूपमा मनाइने

बझाङ जिप दुर्घटना : ३ को मृत्यु, १२ जना घाइते

कर्णालीमा बेपत्ता गाडीका चालक ९ दिनपछि मृत भेटिए

दैलेख गाडी दुर्घटनामा बेपत्ता चार जनाको पहिचान खुल्याे

खबरखोज मिडिया प्रा.लि.द्वारा सञ्चालित
डाेरखबर डटकमका लागि

सूचना तथा प्रसारण बिभाग द.न.४६९६/ ०८१-८२
प्रेस काउन्सिल नेपाल सूचिकरण नं. ४७०५/०८१-८२

अध्यक्ष/सम्पादकः कालीबहादुर मल्ल
सह समपादक: दानबहादुर सिंह
समाचार प्रमुख : छत्र राेका मगर

ठेगानाः खाँडाचक्र नपा – १, कालिकाेट

सम्पर्क नं. ९८४८३१०५७०

Email: bahadurkali@gmail.com

© 2020 All Right Reserved. doorkhabar.com ।। Design: by Aarush Creation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • खेलकुद
  • विचार/अन्तर्वार्ता
  • विजनेश
  • खोज फिचर
  • मनोरन्जन
  • रैबार
  • सम्पादकीय
  • सूचना प्रविधि

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.