माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्माद्वारा राजीनामा

डाेरखबर समाचारदाता   ।   २०८२ मंसिर १८, बुधबार १५:३९

र्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

शर्माले बुधबार दलका प्रमुख सचेतक कृष्णबादुर जिसीलाई सम्बोधन गरेर राजीनामा दिएको जानकारीसहितको पत्र पठाएका हुन् ।

पत्रमा उनले लेखेका छन्, ‘उपरोक्त सम्बन्धमा म राजकुमार शर्मा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलको दल नेताको पदबाट राजीनामा दिएको व्यहोरा अवगत गराउँदछु ।’

कर्णालीका पूर्वमुख्यमन्त्री समेत रहेका उनी हालै गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आवद्ध भएका छन् । उनले हालसम्म सांसद पदबाट भने राजीनामा दिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कम्बोडियामाथि थाइल्यान्डको हवाई आक्रमण

२०८२ मंसिर १८, बुधबार १५:३९
काठमाडौं । थाइल्यान्डले कम्बोडियामाथि हवाई आक्रमण सुरू गरेको छ  । थाइल्यान्डको शाही सेना (रोयल आर्मी) ले कम्बोडियासँगका झडपहरू पछि हवाई आक्रमण सुरू गरेको बताएको छ । आक्रमण थाल्यान्ड–कम्बोडियाको विवादित सीमा क्षेत्रमा भइरहेको बीबीसीले जनाएको छ । सोमबार बिहान थाइल्यान्डले आफ्नो सैन्य टुकडीमाथि कम्बोडियाका तर्फबाट फायरिङ हुँदा दुई सैनिकको मृत्यु भएको […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.