भोटेकोशी बाढी : मृतकको सङ्ख्या ५ सय ३८ पुग्यो, ९ सय ७७ सम्पर्कविहीन

डाेरखबर समाचारदाता   ।   २०८३ भाद्र १२, शुक्रबार १९:१६

काठमाडौँ/रसुवाको भोटेकोशी बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ५३८ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आज दिउँसो ३ बजेसम्म सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी विवरणअनुसार फेला परेका शवमध्ये रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४६, नवलपरासी (पूर्व) मा १३४, नवलपरासी (पश्चिम) मा २७, तनहुँमा २८ र चितवनमा १२१ रहेका छन् । गोरखामा फेला परेका मृतकको विवरणमा विभिन्न मानव अङ्गसमेत समावेश गरिएको प्राधिकरण्ले जनाएको छ ।

प्राधिरकणको प्रवक्ता शान्ति महतले बाढीपछि ९७७ जना सम्पर्कविहीन रहेको जानकारी दिनुभयो । सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका चार जना रहेका छन् । त्यस्तै, रसुवाबाट १६१ र नुवाकोटबाट एक जना सम्पर्कविहीन छन् ।

यसैगरी मकवानपुरबाट ६६ जना तथा ५१७ जना विदेशी नागरिक सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ । नेपाल घुम्न आएका विदेशमा बस्ने १२७ जना नेपाली समेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बाढीबाट ७३ जना घाइते भएका छन् । घाइतेमध्ये रसुवाका ४३, धादिङका तीन र नुवाकोटका २७ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोटमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ सेवा सुरु भएपछि स्थानीय खुसि

२०८३ भाद्र १२, शुक्रबार १९:१६
डाेरखबर /कालिकाेट । जिल्ला अस्पताल कालिकोटमा पहिलाे पटक हाडजोर्नी तथा नसा रोग विशेषज्ञ सेवा सुरु भएपछि स्थानीय नागरिक खुसि भएका छन । जिल्ला अस्पतालमा हाडजोर्नी तथा नसा रोगका बिषेशज्ञ चिकित्सक डा. सागर ढकाल पुगेर सेवा सुचारु गरेकाे स्वास्थ्य सेवा कार्यालय कालिकाेटका प्रमुख डा. रत्नविर सुनारले जानकारि गराएपछि स्थानीय नागरिक खुसि […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.