डिल्लीप्रसाद चौलागाँई /कालिकोट । खबरखोज मिडिया प्रालिद्धारा सञ्चालित अनलाईन मिडिया खबरखोज डटकमका प्रधान–सम्पादक काालीबहादुर मल्ल र सम्पादक डिल्लीप्रसाद चौलागाँईले बीहिवार कोभिड विरुद्धको भ्याक्सिन लगाउनु भएको छ । उहाँहरुले लगाएको भ्याक्सिनले कुनै असर नपरेको खबरखोजका सम्पादक चौलागाँईले वताउनु भयो ।

यस अघि स्वास्थ्यकर्मी,सरकारी कर्मचारी लगाएतले लगाएका थिए भने आजबाट पत्रकारहरुलाई पनि भ्याक्सिन लगाउन सुरु गरिएको जिल्ला स्वास्थ्य व्यवस्थापन कार्यालयका निमित्त प्रमुख कटक महतले जानकारी गराउनु भएको छ । उहाँका अनुसरा हालसम्म पहिलो चरणमा ८ सय २ र दोस्रो चरणमा ६ सय ५१ जना गरी जम्मा १४ सय ५३ जनाले खोप लगाइ सकेको अवस्था छ ।
कालिकोटमा पहिलो चरण र दोस्रो गरी जम्मा २३ सय ३ जनालाई खोप लगाउने लक्ष रहेको छ । ५ सय ६ जना महिला र ९ सय ४७ जना पुरुषले भ्याक्सिन लगाए पनि समान्य बाहेक जटिल असर नपरेको वताइएको छ ।






