कर्णाली राजमार्ग र करिडोर अवरुद्ध हुँदा यात्रुलाई सास्ती

खबरखाेज समाचारदाता   ।   २०८१ भाद्र १४, शुक्रबार १४:१६

कालिकोट भदौ १४ । अविरल वर्षतका कारण पहिरो आएर कर्णाली राजमार्ग अवरुद्ध भएपछि विभिन्न ठाउमा यात्रुहरु सास्तीमा परेका छन् । बुधबार देखिको निरन्तर वर्षाले कर्णाली राजमार्गको गगने खोला, एस मोड, जितेगडा, सेरिघाटलगायतका ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएपछि जुम्लाबाट सुर्खेत,नेपालगञ्ज, जान लागेका यात्रुहरु विचमै अलपत्र परेका हुन ।
कर्णाली राजमर्गको एसमोड, सेरिघाट र कर्णाली करिडोरको फुगाड,रेंगिल भिरनजिकै माथिबाट खसेका कारण राजमार्ग र करिडो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी अर्जुन केशिले बताउनु भएको छ ।
उहाँका अनुसार पहिरोले कर्णाली राजमार्गको मान्म–जुम्ला खण्डमा पर्ने खाडाचक्रको गल्ली, बिहानी, चौखोला लगाएतका ठाउँमा पनि अवरोध भएपछि यत्रुहरु विभिन्न स्थानमा वस्नु परिरहेको छ ।
प्रमुख जिल्ला अधिकारी नेपालीका अनुसार गणेश नेपालीले बताए ।पहिरो हटाउन गगने खोला र एसमोड क्षेत्रमा डोजर पठाइसकेका भएपनि राजमर्ग खुल्न सकेको छैन ।
कर्णाली राजमार्ग र करिडोर अवरुद्ध हुदा गाडी ठाउ ठाउमा रोकिएका छन् । २ सय ३२ किमि लामो कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक वर्षा लागेपछि बेला–बेला पहिरोले अवरुद्ध हुनाले यात्रुहरु मर्कामा पर्ने गरेको खाँडाचक्र नपा७१ का कपुरे विकले गुनासो गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श बैठक सुरु

२०८१ भाद्र १४, शुक्रबार १४:१६
कालिकोट । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय प्रशिक्षण तथा परामर्श बैठक सुरु भएको छ। माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीको आयोजनामा सुरु भएको प्रशिक्षण कार्यक्रम शनिबारम्म चल्ने छ। प्रशिक्षणका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित केन्द्रीय नेताहरू सुर्खेत आइपुगेका छन्। वीरेन्द्रनगरस्थित सिद्धार्थ सहकारीको हलमा गरिएको प्रशिक्षणमा महासचिव देव […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.