१४ किलोमिटर टाढाकाे खानेपानी शुभकालिका ८ र ७ मा  धेरै स्थानीय नागरिक लाभान्वित हुने

doorkhabar.com

doorkhabar.com   ।   २०८२ असार ८, आईतवार ०९:५२

कालीकाेट,जिल्ला शुभकालिका गाउँपालिका वडा नं ८ र ७ मा  बृहत् खर्समुल खानेपानी आयाेजना शनिबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । १४ किलोमिटर टाढाकाे खानेपानी  शुभकालिका गाउँपालिका वडा नं ८ र ७ काे मदन डाँडा पुग्दा स्थानीय नागरिक हर्षित भएका छन्  । उक्त वृहत् खानेपानी आयाेजना  बाट धेरै स्थानीय नागरिक हरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।

शनिबार एक कार्यक्रमका बिच शुभकमलिका गाउँपालिका वडा नं ७ र ८ का वडा अध्यक्ष प्रेम बहादुर शाही र दिपराज महतारले उक्त खानेपानीको उद्घाटन गर्दै खुसी  साटासाट गरेका थिए । नाैला वन चिमाला खाेलाकाे पानी १४ किलोमिटर टाढा रहेकाे र धेरै संघर्ष गरि मदन डाँडा पुर्‍याइएको वडा अध्यक्ष दिपराज महताराले बताए ।

मदन डाँडामा काकाकुलको अवस्था  पुर्खौ देखि खेप्नु परेको  वर्ष ६३ कि माैया शाहीले बताउनु भयाे । शाहीका अनुसार मदन डाँडामा थुप्रै मान्छे बसोबास गर्ने गरेकाे र एक घन्टाको पैदल गाेरेटाे बाटाे हिडेर पानी ल्याएर खाने गरेको दुःख सुनाउनुभयो। वडा नं ७ का दलसुर शाही एक अगुवा  कृषक हुनुहुन्छ । लेकालि भागमा उहाँको कथा अलि फरक छ। शाही सुनाउनु हुन्छ भेडा बाख्रा पालेकाे छु सधैं पानीको अभाव हुने गरेकाे थियाे अहिले हर्सित छु ।

घर आगनमा पानी पुग्दा केही राहत भएकाे सुनाउनु भयाे । खर्समुल खानेपानी आयाेजना बाट  धेरैले श्रम गरिरहेकाे र अहिले सम्म ४५ लाख रुपैयाँ भुक्तानी भैसकेको उक्त खानेपानी याेजनाका अध्यक्ष अम्म बहादुर शाहीले बताउनु भयाे । शाहीका अनुसार  धेरै संघर्ष गर्दै रात दिन नभनी काम गरिरहेकाे अब जति सक्दाे चाडै काम सम्पन्न गर्ने ७ र ८ मा घर घरमा पानीको धारा पुराउने प्रतिबद्वता जनाए ।उक्त पानीकाे सदुपयोग गरि कृषिमा आत्मनिर्भर बन्न सकिने वडा नं ७ का अध्यक्ष प्रेम बहादुर शाहीले बताए । बृहत खानेपानी आयाेजना बाट ७ र ८ का स्थानीय नागरिक लाई ठुलाे राहत भएकाे बताउदै अब दुई वटै वडा मा पालिका सरकारले ठुलाे सहयाेग गर्ने बताए ।

शनिबार खर्समुल खानेपानी आयाेजनाका अध्यक्ष अम्म बहादुर शाहीकाे सभा अध्यक्षता शुभकालिका गाउँपालिका वडा नं ८ का वडा  अध्यक्ष दिपराज महतारा ,वडा नं ७ का  अध्यक्ष प्रेम बहादुर शाही ,कार्यपालिका सदस्य पबेन्द्र बिश्वकर्मा, जय बहादुर महतार ,जिल्ला  खाने पानी सिचाई तथा उर्जा विकास कार्यलय कालिकोट माफत उक्त बृहत खानेपानी आयाेजनाकाे काम भई रहेकाे ईन्जिनियर रमेश बिश्वकर्माले जान्कारी दिनु भयाे ।

उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि ,नागरिक समाज, पत्रकार लगाएतका अन्य  सराेकार वालाहरुकाे सहभागीतामा कार्यक्रम गरिएकाे थियाे ।उक्त कार्यक्रमकाे सञ्चालन वडा नं ८ का वडा सचिव बिरेन्द्र बहादुर शाहीले गर्नु भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शुभकालिका गाउँपालिकाकाे नीति तथा कार्यक्रम सार्वजनिक

२०८२ असार ८, आईतवार ०९:५२
‎” स्वास्थ्य, शिक्षा, उत्पादन ,आपूर्ति’ रोजगारी ,जीविका, पूर्वाधार र समृद्धि” भन्ने मूल नाराका साथ शुभकालिका गाउँपालिकाको आर्थिक वर्ष २०८२ /०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। मङ्गलबार शुभकालिका गाउँपालिकाको १३ औँ गाउँसभाको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद आचार्यले शिक्षा, स्वास्थ्य ,कृषि, उत्पादन, आधुनिककरणलाई पहिलो प्राथमिकता दिँदै नीति तथा […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.