शुभकालिका गाउँपालिकाकाे नीति तथा कार्यक्रम सार्वजनिक

doorkhabar.com

doorkhabar.com   ।   २०८२ असार १०, मंगलवार २१:१३

‎” स्वास्थ्य, शिक्षा, उत्पादन ,आपूर्ति’ रोजगारी ,जीविका, पूर्वाधार र समृद्धि” भन्ने मूल नाराका साथ शुभकालिका गाउँपालिकाको आर्थिक वर्ष २०८२ /०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ।

मङ्गलबार शुभकालिका गाउँपालिकाको १३ औँ गाउँसभाको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद आचार्यले शिक्षा, स्वास्थ्य ,कृषि, उत्पादन, आधुनिककरणलाई पहिलो प्राथमिकता दिँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। आगामी आर्थिक वर्ष २०८२/०८३ काे बजेट तर्जुमा गर्दा अवलम्बन गरिएका आधारहरू प्रस्तुत समेत गर्नुभएको थियो।

सामाजिक विकास सम्बन्धी नीति तथा कार्यक्रममा महादेव माध्यमिक विद्यालयकाे टेक्स प्रविधि शिक्षाको संस्थागत पूर्वाधार विकास तथा बृहत प्राविधिक शिक्षालय स्थापनाका लागि आवश्यक पहल गरिने बताइएको छ।यस्तै विद्यार्थीहरूको सिकाई अभिवृद्धि गर्न शिक्षक तथा विद्यार्थीहरूलाई अत्यावश्यक प्रस्तुतिबाहेक अन्य कुनै पनि समयमा सार्वजनिक विधाको दिन मात्र गोष्ठी सभा सम्मेलन र तालिममा सहभागी गराइने नीति अवलम्बन गरिने बताइएको छ।

यस्तै संस्कृति सम्बन्धी नीति तथा कार्यक्रममा गाउँपालिका भित्र बोलिने खस भाषा मगर भाषा तथा संस्कृतिको संरक्षण गर्ने नीति लिएको बताइएको छ। यस्तै गाउँपालिकाभित्र आयोजना हुने महोत्सव दिवसीय कार्यक्रम र पूर्व मेलाहरूमा विविध जातीय भेषभुषा कला साहित्य संगीत लगायतको झाँक्री सहित प्रदर्शन गर्ने बताइएको छ। यस्तै युवा तथा खेलकुद सम्बन्धी नीतिमा खेलकुदको विकास गर्न सबै वडाहरूमा खेलकुद मैदान लगायतका खेल पूर्वाधार निर्माण तथा मर्मत सम्भार गरी प्रत्येक वडामा वर्षमा कम्तिमा एकपटक खेलकुद प्रतियोगिताहरू सञ्चालन गर्ने बताइएको छ।

लैङ्गिक समानता र सामाजिक समावेशीकरण सम्बन्धी नीति तथा कार्यक्रममा हिंसामुक्त गाउँपालिका हाम्रो प्रतिबद्धता भन्ने मूल नारालाई अभियान सञ्चालन गरी सबै प्रकारका हिंसा विरुद्ध सुन्ने सहनशीलता नीति लिने र पारिवारिक हिंसा द्वारा पीडितको संरक्षणका कार्यक्रम सञ्चालन गर्न पहल गर्ने बताइएको छ। यस्तै स्वास्थ्य तथा पोषण सम्बन्धी नीति तथा कार्यक्रममा नागरिकहरूको पहुँच सुनिश्चित हुनेगरी गाउँपालिका क्षेत्रभित्र चिकित्सकीय र प्रयोगशाला सेवा तथा अनुसन्धानात्मक कार्यहरू सञ्चालन गर्न आधारभूत अस्पताल सञ्चालन तथा व्यवस्थापन गर्न तथा आधारभूत स्वास्थ्य केन्द्रको स्तरउन्नति गरी रोकथाम निदान र पुनर्स्थापना सेवालाई सहज नियमित बनाइने बताइएको छ। खानेपानी तथा सरसफाई मा एक घर एक धाराको नीति अवलम्बन गरी गाउँपालिका भित्र खानेपानी सुविधा नपुगेका बस्तीहरूमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चितताको नीति अवलम्बन गरिने बताइएको थियाे ।

आर्थिक विकास सम्बन्धी नीति तथा कार्यक्रम मध्य कृषि तथा खाद्य सुरक्षा उच्च मूल्यका फलफुल तरकारी तथा अन्नबालीहरूको पकेट क्षेत्रहरू पहिचान गरी सघन कृषि क्षेत्र निर्धारण गरी ती स्थानहरूमा व्यावसायिक कृषि कार्यक्रम सञ्चालन गर्ने बताइएको छ। यस्तै पशु विकासमा पशुपालक कृषकहरूको पेशाको सम्मान तथा व्यवसाय निरन्तरताका लागि पशुपालक कृषक प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने बताइएको छ।

सहकारी तथा वित्तीय सेवामा गाउँपालिका स्थित सहकारी संस्थाहरू अनुमति नियम विस्तार प्रशिक्षण सम्बन्धी कार्यक्रम सञ्चालन गरिने बताइएको छ। उद्योग तथा वाणिज्य गाउँपालिकाभित्र व्यावसायिक रूपमा रहेका उद्योग व्यवसाय होटल तथा पसलहरूको अनुगमन तथा नियन्त्रण गर्ने बताइएको बताइएको छ। यस्तै पर्यटन तथा संस्कृति तर्फ गाउँपालिका भित्र पर्ने ऐतिहासिक सांस्कृतिक धार्मिक सम्पदाहरूको अध्ययन अनुसन्धान गरी संरक्षण तथा प्रवर्द्धन गर्ने बताइएको छ। श्रम तथा रोजगारी र गरिबी निवारण तर्फ दीर्घकालीन रोजगारी सिर्जनाका लागि गाउँपालिकाको रोजगार रणनीति योजना अध्यावधिक गरी प्रभावकारी कार्यान्वयन गरी बेरोजगार व्यक्तिहरूको सिप विकासमा जोड दिने खालका कार्यक्रमहरू निर्माण गरिने बताइएको छ।

सिँचाइ खेती योग्य जमिनमा नियमित रूपमा सिचाई हुने प्रबन्ध मिलाइने र यस क्षेत्रको उत्पादकत्व तथा उत्पादन वृद्धिका लागि सिँचाई संरचना निर्माण गर्ने कार्यक्रमहरूको व्यवस्था गरिनेछ। वास्तविक विकास आवास तथा भवन सुरक्षित बस्ती निर्माणका लागि एकीकृत बस्ती विकास योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ।, जलस्रोत विद्युत तथा वैकल्पिक ऊर्जा, सडक तथा यातायात, सूचना सञ्चार तथा प्रविधि, वन वातावरण तथा विपत् व्यवस्थापन सम्बन्धी नीति तथा कार्यक्रम अन्तरगत , वन पार्क हरियाली भूसंरक्षण र नदी नियन्त्रण, वातावरण तथा फोहोर महिला व्यवस्थापन, विपत जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकूलता र सुशासन तथा संस्थागत विकास सम्बन्धी नीति तथा कार्यक्रम अन्तर्गत नीति कानुन न्याय तथा सुशासन तथा संगठन मानव  संशोधन र क्षमता विकास, राजस्व तथा राजस्व परिचालन, तथ्याङ्क योजना तथा विकास परिचालन, न्याय सम्पादन, लगायतका अन्य कुराहरू सभामा गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद आचार्यज्यूले प्रस्तुत गर्नुभएको थियो।

उक्त नीति तथा कार्यक्रम सभाबाट बहुमतले पारित गरिदिन अनुरोध समेत गर्नुभएको थियो। उक्त १३ औँ गाउँसभामा आर्थिक वर्ष २०८२/०८३ काे आय भएको संक्षिप्त विवरण गाउँपालिकाको उपाध्यक्ष धर्मकला शाहीज्यूले प्रस्तुत गर्नुभएको थियो। शुभकालिका गाउँपालिकाको कुल बजेट ४६,करोड २० लाख ५० हजार ४ सय १८ मध्ये चालु तर्फ २५करोड ८७ लाख ४८ हजार २ सय ३४ र ५६ प्रतिशत र पुँजीगततर्फ रकम २० कराेड ३३ लाख २ हजार एक सय ८४ र ४४ प्रतिशत रहेको गाउँसभामा प्रस्तुत गर्नुभएको थियो। उक्त गाउँसभामा स्थानीय जनप्रतिनिधि ,कर्मचारी , पत्रकार ,नागरिक समाज , राजनीतिक दल सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निःशूल्क सेवा दिदै आयुर्वेद स्वास्थ्य केन्द्र कालिकोट

२०८२ असार १०, मंगलवार २१:१३
डोरखबर/कालिकोट । आयुर्वेद स्वास्थ्य केन्द्र कालिकोटमा अन्य सेवाहरु निःशुल्क दिँदै आएको भएपनी एक महिना अघिबाट भिडियो एक्सरे सेवा संचालनमा आएको छ । भिडियो एक्सरे सेवा पनी नागरिकहरुलाई निःशुल्क दिएपछि नागरिकहरुमा हर्ष छाएको छ । गाउँघरमा आर्थिक र चेतनाको अभावमा धेरै नागरिकहरु औषधि उपचारबाट बन्चित रहेको बेला आयुर्वेद स्वास्थ्य केन्द्रले विभिन्न सेवा […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.