कम्बोडियामाथि थाइल्यान्डको हवाई आक्रमण

डाेरखबर समाचारदाता   ।   २०८२ मंसिर २३, सोमबार १३:११

काठमाडौं । थाइल्यान्डले कम्बोडियामाथि हवाई आक्रमण सुरू गरेको छ  । थाइल्यान्डको शाही सेना (रोयल आर्मी) ले कम्बोडियासँगका झडपहरू पछि हवाई आक्रमण सुरू गरेको बताएको छ ।

आक्रमण थाल्यान्ड–कम्बोडियाको विवादित सीमा क्षेत्रमा भइरहेको बीबीसीले जनाएको छ ।

सोमबार बिहान थाइल्यान्डले आफ्नो सैन्य टुकडीमाथि कम्बोडियाका तर्फबाट फायरिङ हुँदा दुई सैनिकको मृत्यु भएको र अन्य चार जना घाइते भएका बताएको थियो ।

यद्यपि, केही समयपछि थाइल्यान्डको सेनाले मारिएका सैनिक र घाइतेको संख्या परिवर्तन गरेको थियो । थाई सेनाका प्रवक्ताले पत्रकार सम्मेलनमा कम्बोडियाका तर्फबाट फायरिङ हुँदा एक सैनिकको मृत्यु भएको र आठ सैनिक घाइते भएका बताएका थिए ।

उता, कम्बोडियाले आक्रमणको सुरूवात थाइल्यान्डले गरेको दाबी गर्दै आफूले जवाफ फर्काएको बताएको छ । दुवै देशहरूले एकअर्कामाथि युद्ध विराम उल्लंघनको आरोप लगाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मलेसियाको मध्यस्थता थाइल्यान्ड र कम्बोडियाबीच युद्धविराम भएको थियो ।

गत जुलाई महिनमा सीमा विवादका कारण दुवै देशबीच पाँच दिन संघर्ष चलेको थियो । उक्त संघर्षम कम्तिमा पनि ४८ जनाको मृत्यु भएको थियो । झण्डै तीन लाख मानिसहरू विस्थापित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेस कालिकोटमा प्रतिनिधिसभा उम्मेदवार दुइ समूहको छुट्टा छुट्टै सिफारिस

२०८२ मंसिर २३, सोमबार १३:११
कालिकोट। नेपाली कांग्रेस कालीकोटमा प्रतिनिधि उम्मेदवार सिफारिसमा विवाद भएपछि दुइ समुहको छुट्टा छुट्टै सिफारिस भएको छ । सभापति अम्बबहादु शाहीले बैठक स्थगित गरेर राति सिफारिस गरेको भन्दै उपसभापति मीनबहादुर बोगटी समूहले पनि छुट्टै नाम सिफारिस गरेका हुन । सभापति शाहीले आफूसहित युवा नेता भुपेन्द्रजंग शाही र सीता रावलको नाम सिफारिस […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.