खबरखोज समाचारदाता/कालिकोट कार्तिक १८ । “हामि सवैको ऐक्यवद्धता,बालविवाह विरुद्ध साझा प्रतिवद्धता” भन्ने मुल नाराकासाथ बालविवाह विरुद्ध साझा अभियान जिल्ला सञ्जालका पदाधिकारीहरुका लागि २ दिने क्षमता अभिबृद्धि तालिमा कालिकोट जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको छ ।
सञ्जालका जिल्ला सह संयोजक कालीबहादुर मल्लको अध्यक्षता र कर्णाली प्रदेश संयोजक पवित्रा शाहीको प्रमुख आतिथ्यतामा उदघाटन गरिएको तालिममा जिल्ला सञ्जालका पदाधिकारी र अन्य सरोकारवाला तथा पत्रकारको समेत सहभागिता रहेको थियो ।
जिल्ला सञ्जालका सदस्य किरण अधिकारीले सञ्चालन गर्नुृभएको तालिम समापन कार्यक्रममा सञ्जालका प्रदेश संयोजक शाही, आवाज सस्थाका उपाध्यक्ष मिना पुरी,गैरसरकारी सस्था महासंघ कालिकोटका अध्यक्ष एवम हुरेन्डेक कालिकोटका उपाध्यक्ष विरेन्द्र वुढा,सहभागि पदमकला विक,गिता वलि लगाएतले बालविवाह न्यूनिकरण गर्नका लागि साझा अभियान सञ्जाल सक्रियताका साथ लाग्नु पर्नेमा जोड दिनु भयो ।
तालिम पश्चात बालविवाह विरुद्धको अभियानलाई थप व्यवस्थित र प्रभावकारी वनाउन सहज भएको सहभागिहरुको भनाइ रहेको थियो । बालविवाह विरुद्धको समस्यालाई समाधान गर्न अन्तर निकायहरुको समन्वय तथा सहकार्यमा समस्या समाधानगर्न एकरुपता कायम गनर्,े बालबालिका सम्वन्धी हालको मौजुदा कानुनको बारे जानकारी गराउने मुख्य उद्देश्यकासाथ आयोजना गरिएको तालिममा कर्णालीमा बालविवाहको अबस्था,पैरवीका औजार,पैरवी रणनीति लगाएतका विषयमा छलफल गरिएको थियो ।
तालिम पश्चात सहभागिले बालविवाह विरुद्धको अभियानलाई व्यवस्थित तरिकाले अगाडी वढाउने धारणा राखेका थिए । साथै सहभागिले बालविवाह विरुद्धको साझा अभियान सञ्जाललाई प्रभावकारीरुपमा सञ्चालन गर्ने जिल्ला स्तिरिय रणनीति वनाउने र यसको मस्यौदाका लागि ५ सदस्यीय समिति पनि गठन गरिएको थियो ।





