कालीबहादुर मल्ल/कालिकाेट । भर्खरै मात्र जिल्लामा आउनुभएका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जिल्लामा रहुन्जेल सूचनामैत्री भएर काम गर्ने बताउनु भएकाे छ ।
तिहार र छट पर्वकाे अवसरमा शनिबार जिल्ला प्रशासन कार्यलयमा आयाेजित शुभकामना आदान प्रदान तथा पत्रकारहरुसँग परिचयात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेपालीले यस्ताे बताउनु भएकाे हाे ।
कार्यक्रममा उहाँले नागरिकलाई सहज सेवा प्रवाहकाे लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका खल्नु पर्नेमा जाेड दिनु भयाे ।
सामाजिक रुपान्तरणका र समृद्ध कालिकाेटका लागि प्रशासन र सञ्चारकर्मी मिलेर जानु पर्ने धारणा राख्नु भयाे ।
समृद्ध नेपालकाे लागि समृद्ध कालिकाेट हुनु पर्ने र त्यसका लागि समाजका बिकृति बिसंगतीकाे उजागर गर्न आवश्यक रहेकाे बतााउनु भयाे।
सुशान कायम गर्न सूचनाकाे हक सम्वन्धि तालिम लिएकाे बताउदै प्रहरी प्रशासन जति पारदर्शी हुन सक्याे त्यति कार्य सम्पादनमा सहज हुने भएकाले सुचना मैत्री हुने बताउनु भयाे ।
कार्यक्रममा कालिकाेटका प्रहरी प्रमुख अर्जुन केसि,गुल्मपति अर्जुन बस्नेत,सशस्त्र प्रहरी प्रमुख प्रमाेद खड्का,अनुसन्धान कार्यालय प्रमुख नित्यानन्द ढुंगाना,सहायक प्रमुख जिल्ला अधिकारी सराेज अधिकारी र नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष कालीबहादुर मल्ल,तुलाराम पाण्डे लगाएत क्रियाशिल पत्रकारहरुकाे उपस्थिति रहेकाे थियाे ।
सूचनामैत्री हुनेछु -प्रमुख जिल्ला अधिकारी नेपाली





