ओझेलमा पचाल झरना

कोपिला शाही   ।   २०८० असार ३१, आईतवार १४:०४

कालिकोट – प्रचुर पर्यटकीय सम्भावना बोकेको भए पनि कालिकोटका झरना आवश्यक प्रचारप्रसार र भौतिक संरचनाको अभावले ओझेलमा परेका छन्।कालिकोटको पचाल झरना गाउँपालिकाको वडा नम्बर ७ र ४ मा पर्ने पर्यटकीय पचाल झरना र बयाल झरना ओझेलमा परेको हुन्।

अग्लो छाँगोबाट तलतिर खसिरहको निकै सुन्दर, आकर्षक अनि मनमोहक पचालझरना सरोकारवाला निकाय र स्थानीयको बेवास्तागर्दा ओझेलमा परेको बताइएको छ।भिरालो परेको पाखोमा भीर पहराको सहारा लिँदै बगिरहने झरनाको फेदीमा पुग्ने हो भने धित मरुन्जेल झरनालाई हेरेर रमाउन सकिन्छ।

 

हिमाली जिल्ला कालिकोटमा यस्ता झरनाहरु थुप्रै छन्। कतिपय झरनाहरु वर्षामा मात्रै सुस्साउँछन् भने केही झरना बाह्रैमास सुस्साइरहन्छन्। त्यहीमध्येको एक हो, पचालझरना पनि। झरनाको बारेमा जानकारी पाउनेहरु सायद धेरै होलान्।

घाम परेको समयमा इन्द्रेणीका रङहरु समेत देख्न सकिने यस झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै जान थालेको छ। झरना नजिक मानव बस्ती नभएको हुँदा झरना एकदमै सफा र कञ्चन रहेको स्थानीयको भनाइ छ। पछिल्लो समय शनिबार तथा विदाको दिन झरनामा पुगेर रमाउन भन्दै पर्यटकहरु धेरै जाने गरेका छन्।

झरनालाई पृष्ठभूमिमा पारेर सेल्फी फोटो र भिडियो खिच्न तथा टिकटक बनाउनका लागि भए पनि पर्यटकहरु झरनामा जाने गरेका छन्। सडक नपुगेको हँदा त्यहाँ पुग्न समस्या पनी थपिने गरेको छ।

गर्मी छल्न समेत मानिसहरु झरनामा जाने गरेको स्थानीयवासी बताउँछन्। पचालझरनाको नामबाट गाउँपालिकाको नामाकरण गरिएको छ। गाउँपालिको एकमात्र पर्यटकीय क्षेत्रहरुमध्ये एक मानिने पचालझरना प्रचारप्रसार तथा भौतिक पूर्वाधार नबन्दा ओझेलमा परेको छ। पर्यटकीय सम्भावना बोकेको यस ३ सय ८१ मिटर लामो छ । झरनामा पर्यटक लक्षित भौतिक पूर्वाधारहरु बनाउन सकेमा गाउँपालिकाको पर्यटन प्रवर्द्धन हुने देखिन्छ।

पचालझरना गाउँपालिकाभित्र रहेको बहेल झरना पनी ओझेलमा परेको छ। धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रहरु थुप्रै छन्। पचाल झरना नेपालकै सबैभन्दा अग्लो झरना हाे।

कालिकोट र बाजुराको सिमा क्षेत्रमा पर्ने झरनाको पर्यटन प्रवर्द्धन गर्नका लागि आउँदो वर्ष आवश्यक बजेट विनियोजन गरेर पर्यटकलक्षित भौतिक पूर्वाधारका संरचनाहरु बनाइने गाउँपालिकाका सूचना अधिकारी प्रकास कठायतले बताए।

पर्यटक आकर्षणको सम्भावना बोकेका यी दुई झरनाको प्रचारप्रसार तथा प्रवर्द्धन गर्न आवश्यक संरचनाहरु बनाउनुपर्ने स्थानीयवासीको माग छ। पचालझरना गाउँपालिकाले पचालझरना सम्म पुग्न पैदल मार्ग, होमस्टे निर्माण गरेको गाउँपालिकाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हिंसा पीडित महिलाका लागि सेल्टर स्थापनाका लागि मानव अधिकार रक्षक सञ्जालको पहल

२०८० असार ३१, आईतवार १४:०४
कालिकोट असार १३ गते मानव अधिकार रक्ष्कस सञ्जाल कालिकोटको वैठकले घरेलु हिंसा महिला हिंसा, तथा यौन हिंसाबाट पीडित महिलाहरुका लागि जिल्ला स्तरमा सरकारी सेल्टर आवश्यकता रहेकाले सोका लागि पहल गर्ने निर्णय गरेको छ ।   अनौपचारिक क्षेत्र सेवा सेन्द्र इन्सेक द्धारा गठित मानव अधिकार रक्षक सञ्जालका संयोजक डिल्ली प्रसाद चौलागाँईको […]

सम्बन्धित समाचार

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.