१८ माघ,कालिकाेट
कालिकाेट जिल्ला खाँडाचक्र नगरपालिका स्थित चन्द्र सुर्य हाेटलमा जनप्रतिनिधि तथा वडा सचिवहरूलाई तीन दिने क्षमता अभिवृद्वि तालिमकाे उदघाटन भएकाेछ ।
कार्यवाहक नगर प्रमुख पुष्पराज गिरीकाे अध्यक्षता र निमित्त प्रमुख प्रशासकीय अधिकृत अबिराज शाहीकाे प्रमुख आतिथ्यतामा उदघाटन भएकाे हाे ।
खाँडाचक्र नगरपालिका कालिकाेटकाे आयाेजनामा संचालित कार्यक्रम माघ १८ गते देखि २० गते सम्म संचालन हुनेछ ।
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्राणाली सुदृढीकरण आयाेजना र अनलाईन सम्वन्धि २०१५-२४ सफल पाराै भन्ने हेतुले संचालन गरियकाे छ ।
तालिममा खाँडाचक्र नगरपालिका ११ वटै वडाका जनप्रतिनिधि र वडा सचिवकाे सहभागिता रहेकाे छ ।
जनप्रतिनिधि र वडा सचिवहरूका लागि क्षमता अभिवृद्वि तालिम शुरू





