१३ मंसिर, कालिकोट । कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नंम्बर १ निलाखामा मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइतेको भएका छन्।
लालिघाट देखि निर्माणाधीन सुनथराली विमानस्थलको सामान बोकेर गएको बा ५ ख ८६४३ नम्बरको मालबाहक ट्रक सोमबार बिहान ७ बजेर ४५ मिनेटमा दुर्घटना हुँदा नरहरीनाथ गाउँपालिका वडा नम्बर १ का ६५ बर्षिय जयहादुर बिष्टको घटना स्थलमै निधन भएको र सोही गाउँका गाडि साहु नेत्रबहादुर बिष्ट गम्भीर घाइते भएका थिए।
गाडि साहु बिष्टकोे कालीकोट जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि पछि थप उपचारमा लागि हेलिकप्टर मार्फत उद्धार गरी प्रदेश अस्पताल सुर्खेत रेफर गरीएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्याले बताए।
मालबाहक ट्रकमा चारजना सवार रहेको र दुर्घटनामा परी ६५ बर्षिय जयहादुर बिष्टको मृत्यु भएको र गाडि साहु नेत्रबहादुर बिष्ट गम्भीर घाइते भएका थिए।
गाडिका सह चालकलाई सामान्य चोट लागेको र चालक फरार रहेको प्रहरीले जनाएको छ। गाडिले सुनथराली विमानस्थल निमार्णको सामान बोकेर लगिरहेको र उकालो बाटोमा लोड धेरै भएकोले गाडिको ब्रेक नलाग्दा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।





