खवरखाेज सम्वाददाता
कालिकाेट । कालिकाेट जिल्लामा रहेर समाचार सम्प्रेषण गर्दै अाएका साैर्यकर्मी एवम रेडियाे चंखेली एफएम कालिकाेटका संयाेजक हस्त चाैलागाँई सम्मानित भएका छन् । टि.डि.एच. बि.एम,जेड जर्मनीकाे अार्थिक सहयाेग र मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल, कालिकाेटकाे सहजिकरणमा संचालित ग्रामिण हिमाली क्षेत्रमा दिगाे जिविकाे पार्जन तथा जैविक विबिधता संरक्षण (शुलभ) परियाेजनालाई पत्रकारीताकाे माध्ययबाट पुर्याएकाे याेगदानकाे कदर गर्दै साैर्यकर्मी हस्त चाैलागाईलाई सम्मान गरिएकाे छ ।
विगत लामाे समयदेखी रेडियाे ,पत्रपत्रिका लगाएतका अन्य छापा माध्यममा काम गर्दै अाएका चाैलागाँईलाई हुरेन्डेक नेपाल कालिकाेटले सम्मान गरेकाे हाे । टि.डि.एच., बि.एम.जेड जर्मनीकाे अार्थिक सहयाेगमा संचालित शुभल परियाेजनाले चाैलागाँई सम्मान गरेकाे हाे । शुलभ परियाेजना लागू भएका स्थानीय तहमा गएर हरेक क्रियाकलापबारे जानकारी लियर राष्ट्रिय पत्रपत्रिका ,अनलाईन , रेडियोमा समाचार सम्प्रेषण गरे बापत चाैलागाईलाई उच्च सम्मानका साथ नगद सहित कदर पत्र दियर सम्मान गरिएकाे हाे । शुभल परियाेजनाका कार्यक्रम संयाेजक राजेश गाैतमले कालिकाेटमा रहेका अन्य पत्रकाहरुले यस परियाेजनालाई चासाेकाे बिषय नलियर कुनै समाचार ,जानकारी बारे कुनै मिडियामा सन्देश प्रसारण गरेनन् भन्दै साैर्यकर्मी चाैलागाँईले मात्र धेरै भन्दा धेरै खाेजी गरि समाचार,अन्तर्वाता लगाएत शुलभ परियाेजनाका गतिविधिहरु छापा तथा संचार माध्ययममा प्रकाशन एवं प्रसारण गरेकाले सम्मान गरेकाे बताएका छन् ।
पत्रकारिता पुरस्कारवाट चाैलागाईं सम्मानित





