कालीकाेट, जिल्ला शुभकालिका गाउँपालिका वडा नं ८ की महिलाहरू यतिबेला व्यस्त देखिन्छन् । सिप सिकौँ आत्मनिर्भर बनउँ भन्ने मूल नारालाई आत्मसात गर्दै आसमा नेपाल समुहकी महिला दिदी बैनी हरु, ढाँका सोल, दोसल्ला ,टोपी ढाँका कपडा, उत्पादन गर्नमा व्यस्त देखिन्छन्। सिप सिक्दै आत्मनिर्भर बन्ने लक्ष्य राख्दै ३ महिने तालिम लिइरहेका छन्। स्थानीय सरकारको ठुलाे सहयोगमा शुभकालिका गाउँपालिका – ८ कि महिला हरु सीप सिक्नमा सक्रिय पनि देखिन्छन् ।

सिप सिकेर केही गर्न सकिन्छ भन्ने उद्देश्यका साथ याे तालिमकाे आयाेजना गरिएको वडा नम्बर ८ का वडाध्यक्ष दिपराज महतराले बताउनु हुन्छ । महताराका अनुसार महिला हरुलाई ढाकाँ उद्योगमा सुर्खेतकी अनुभवी प्रशिक्षक मिना कुमारी थापाले तीन महिने तालिममा २० जना सहभागी लाई वडाकाे सहयाेगमा शुभकालिका ८ मा तालिमकाे आयाेजना गरि सिकाइ रहेको बताउनु भयाे ।
वडा सरकारले यस्ता खालका तालिम हरु विभिन्न समयमा आयाेजना गरि आत्मनिर्भर बनाउने उद्देश्य लिएकाे र निरन्तर लागि परेको वडा अध्यक्ष बताउनु हुन्छ । सीप सिकेर आत्मनिर्भर किन बन्ने भन्ने हाम्रो प्रश्नमा शुभकालिका – ८ वर्ष १९ कि गंगा महताराले सीप भएपछिको ठूलो फाइदा भनेको आफूले चाहेअनुसार काम गर्न सकिने र रोजगारी सिर्जना गर्न सकिने बताईन् ।

यस्तै शुभकालिका – ८ कै निरुता विश्वकर्मा बताउनुहुन्छ , सीपसिकेर आम्दानी गर्न सकिने र सिलाई, बुनाई गरि बिजनेस गर्न सकिने बताउनु हुन्छ । यस्तै अर्की सहभागी अन्जु ओलीले भन्नुभयाे आत्मनिर्भर भएपछि अरूको निर्णयमा होइन, आफ्नै सोच र योजना अनुसार जीवन अघि बढाउन सकिने बताउछिन् ।उनले भन्निन् सीपयुक्त र आत्मनिर्भर मानिसलाई समाजले आदर र सम्मान गर्छ उनीहरू प्रेरणाका स्रोत बन्न सकिने बताउनु भयाे ।
रमिला महतारा पनि एक सहमागी हुन् उनी पनि दिन भरिकाे समय उद्योगमा बिताउछिन्, सीप सिकेर केही गर्नु पर्छ पन्ने लक्ष्य सहित ढाकाँ साेल, बुन्ने लक्ष्य राखेकी छन् ।उनी दिन भरी मेहनत गर्छिन् उनी भन्छिन् सीप भएका व्यक्तिले आपत्कालीन अवस्थामा पनि केहीन केही गरेर जीविकोपार्जन गर्न सक्ने र देशमै सीपको प्रयोग गरेर जीवन चलाउन सकिन्छ भने विदेशिनुपर्ने बाध्यता अन्त्य हुने र सीप भएपछि आत्मविश्वास स्वतः बढ्ने बताईन् ।
यस्तै रमिता कुमाल भन्छिन् सीप भनेको गहना हो, जसले मानिसलाई आत्मनिर्भर, सम्मानित र सफल बनाउँछ। त्यसैले प्रत्येक महिलाले कम्तीमा एक व्यावसायिक वा प्राविधिक सीप सिक्न जरुरी रहेकाे बताईन् । यस्तै प्रशिक्षक मिना कुमारी थापा बताउनु हुन्छ । सुर्खेत देखि आएर कालीकाेट जस्तो बिकट ठाउँ, अझ भनाै शुभकालिका गाउँपालिका वडा नं ८ मा आफ्नो सीप सिकाउन पाउँदा निकै खुसी भएकाे बताउछिन् । तीन महिने तालिममा आफूले सबै कोर्स पूरा गर्ने र दक्ष बानाउने लक्ष्य लिएकाे बताउनु भयाे । आईतवार अनुगमन गर्दै वडा अध्यक्ष दिपराज महताराले शुभकालिका गाउँपालिका वडा नं ८ मा उद्योगमा ठूलो लगानी गरेको बताउदै अहिले पनि सिप सिक्ने र आत्मनिर्भर बन्ने तालिम हरु सञ्चालन गरिरहेको बताए ।
उक्त अनुगमन कार्यक्रममा शुभकालिका गाउँपालिकाका कार्यपालिका सदस्य पबेन्द्र विश्वकर्मा,वडा सचिव वीरेन्द्र बहादुर शाही,पत्रकार रमेश सुनार स्थानीय जनप्रतिनिधि नागरिकहरूको सहभागितामा उद्योगको विषेश अनुगमन गरिएको थियो। यस्तै कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य पबेन्द्र विश्वकर्माले भन्नुभयो आत्मनिर्भर बन्ने खालका सीपमूलक तालिमहरू सिक्न जरुरी रहेकाे र अबका दिनमा पालिका स्तरबाट पनि पालिका स्तरबाट यस्ता खालका कार्यक्रम सञ्चालन गर्ने बताउनु भयाे ।





