शुभकालिका गाउँपालिका स्तरीय दलित सशक्तिकरण मञ्च गठन

doorkhabar.com

doorkhabar.com   ।   २०८२ असार ४, बुधबार ०९:४७

कालीकाेट , जिल्ला शुभकालिका गाउँपालिका स्तरीय  दलित सशक्तिकरण मञ्च गठन गरिएकाे छ । वडा नम्बर १ देखि ८ वटै वडामा गठन गरि मंगलबार   पालिकामा गठन गरिएकाे हाे । दलितहरूको हक, हित अधिकार सुनिश्चित गर्नका निमित्त यो सञ्चालन गठन गरिएको बताईएकाे छ।

दलित सशक्तिकरण मञ्चका अभियान्ता तथा कार्यपालिका सदस्य पबेन्द्र विश्वकर्माको सभा अध्यक्षतामा मंगलबार २१ जना समितिमा रहने गरि सञ्जाल बनाइएको छ। दलित सशक्तिकरण मञ्च गठन गर्नुकाे मुख्य कारण  सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक दृष्टिले दलित समुदायको सशक्तिकरण र समान अवसर सुनिश्चित गर्नु रहेकाे अभियन्ता पबेन्द्र विश्वकर्माले बताए । विश्वकर्माका अनुसार जातीय छुवाछुत, भेदभाव र सामाजिक अन्याय विरुद्ध संगठित आवाज बुलन्द  गरि संविधान र कानुनले ग्यारेन्टी गरेका अधिकारको कार्यान्वयनमा दबाब दिन।

शिक्षा, स्वास्थ्य, रोजगारी, भूमि अधिकार जस्ता क्षेत्रमा पहुँच विस्तार गर्न मात्र नभई स्थानीय तहदेखि संघीय सरकारसम्मको नीति निर्माणमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न। दलितमाथि हुने हिंसा  विभेदका घटना विरुद्ध दवाव सिर्जना गर्न। दलित युवाहरू, महिलाहरू, सीमान्तकृत वर्गहरूलाई प्रशिक्षण, तालिम र सचेतना कार्यक्रममार्फत सशक्त बनाउने लक्ष्य रहेको बताउनुभयो। सामाजिक , समानता र न्यायका लागि गैर-दलित समुदायसँग सहकार्य गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वकर्माले बताए ।

कार्यक्रममा शुभकालिका गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद आचार्यकाे प्रमुख आतिथ्यता र गाउँ पालिकाकी उपाध्यक्ष धर्मकला शाहीको विशेष अतिथितामा कार्यक्रम गरिएको थियो। कार्यक्रममा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष शाहीले भन्नुभयो , दलित समुदायको हकहितका लागि आफूले गाउँपालिकाबाट थुप्रै सिपमूलक तालिमहरू दिएको र गाउँपालिका सरकारले दलितहरूका लागि आगामी दिनमा सिपमूलक तालिमहरू सञ्चालन गर्न लागेको बताउनुभयो।

दलितहरूका निमित्त मात्र नभई अन्तर्जातीय बृहत पन्चेबाजा गाउँपालिकामा आगामी दिनमा  एक कार्यक्रम गरी प्रदर्शन  गर्ने बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद आचार्यले भन्नुभयो शुभकालिका गाउँपालिकाले अब दलित ऐन छिट्टै गाउँसभामा बृहत छलफल गरी पास गर्ने बताउनुभयो। दलितका हक हितका निमित्त आफूले २०६१/६२काे जनआन्दोलन देखिनै ठूलो सङ्घर्ष गरिरहेको बताउनुभयो। गाउँपालिका सरकारको तर्फबाट कुनै पनि कसुर बाँकी नराखी दलित सशक्तिकरण मञ्चलाई सहयोग गर्ने आचार्यले प्रतिबद्धता समेत गर्नु भयो। कार्यक्रममा वडा नम्बर ५ का वडाअध्यक्ष मिम बहादुर शाहीले नवनिर्वाचित सम्पूर्ण टिमलाई बधाई दिँदै सम्मान समेत गर्नुभएको थियो।

उक्त दलित सशक्तिकरण मञ्चबाट अध्यक्ष पदमा प्रकाश विश्वकर्मा, उपाध्यक्षमा अर्जुन विश्वकर्मा, महिला उपाध्यक्ष दाना नेपाली , भरत विश्वकर्मा सचिव, भद्रकला विश्वकर्मा कोषाध्यक्ष , धनी तिरुवा सह-सचिव  राधिका विश्वकर्मा महिला सहसचिव छत्र सुनार  सदस्य लगायत अन्य सदस्य रहने गरी दलित सशक्तिकरण मञ्च गठन गरिएको थियाे । कार्यक्रममा प्रेस चौतारी कालिकोटका अध्यक्ष रमेश सुनार शुभकालिका गाउँपालिका वडा नम्बर ८ का वडा सचिव वीरेन्द्र बहादुर शाही, युवा मानव अधिकार रक्षक सञ्जालका जिल्ला उपाध्यक्ष छत्र राेका मगर लगायतको सहभागितामा उक्त सञ्जाल गठन गरिएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेखमा भेटियो तेलको खानी, अब नेपाल बन्नेछ इन्धनमा आत्मनिर्भर!

२०८२ असार ४, बुधबार ०९:४७
दैलेख, नेपाल – देशको पश्चिमी पहाडी जिल्ला दैलेखको जलजले क्षेत्रमा कच्चा तेल (क्रूड ओइल) को विशाल भण्डार फेला परेको छ। प्रारम्भिक अध्ययन अनुसार १ अर्ब १२ करोड ब्यारेल कच्चा तेल रहेको अनुमान गरिएको छ, जुन नेपालकै इतिहासमा सबैभन्दा ठूलो प्राकृतिक स्रोतको खोज हो। विशेषज्ञहरूका अनुसार, यदि उचित प्रविधि र पूर्वाधारमार्फत […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.