जातीय छुवाछुत मुक्त वन्दै खाँडाचक्रका वडा

खबरखाेज समाचारदाता   ।   २०७९ मंसिर १३, मंगलवार १५:००

कालिकाेट । ‘जातीय छुवाछुत अन्त्य,समुन्नत समाजकाे निर्माण’ भन्ने मुला नाराकासाथ जातीय छुवाछुत मुक्त वडा घाेषणाका सूचक सम्वन्धि दलित र गैरदलित समुदायबिच एक दिने कार्यशाला गाेष्ठी मंगलबार जिल्ला सदरमुकाम मान्ममा सुरु भएकाे छ ।
युराेपियन युनियन,प्लान इन्टरनेष्नल, फेडाे नेपालकाे साझेदारीमा र सामाजिक समानताका लागि बिकास साझेदार समाज,पेड्सन नेपाल कालिकाेटकाे अायाेजनामा गाेष्ठीकाे अायाेजना गरिएकाे हाे ।
समाजमा कुसस्कारकाे रुपमा अडिएर रहेकाे कथित जातीय छुवाछुत अन्त्य गरि खाँडाचक्र नगरपालिका-१ नम्वर वडालाई जातीय छुवाछुत मुक्त घाेषणा गर्ने उद्देश्कासाथ गाेष्ठीकाे अायाेजना गरिएकाे वडाध्यक्ष धर्मराज टमटाले बताउनु भयाे ।
खाडाचक्र नगरपालिका वडा नम्बर १ लाई जातीय छुवाछूत मुक्त वडा घाेषणा गर्न सुचक निर्माण गर्न अायाेजना गरिएकाे हाे ।
पेडसन नेपालका अध्यक्ष विर्खसिंह बिककाे अध्यक्षतामा सञ्चालित कार्यक्रममा वडाध्यक्ष टमटाले जातीय छुवाछुत मुक्तवडा घाेषणाका लागि बनेकाे कार्यबिधि सहभागी सामु प्रस्तुत गर्नुभयाे ।
कार्यक्रममा खाडाचक्र नगरपालिका १,२ नम्वरका दलित गैरदलित समुदायकाे सहभागित रहेकाे थियाे । साथै कार्यक्रममा पूर्व जिबिस सभापति हर्शबहादुर शाही,प्लान इन्टरनेष्नल नेपालका कबिता चापागाईं,कालीदास चाैधरी,नगरिक कार्य समुहका जिल्ला संयाेजक कालीबहादुर मल्ल,समाजसेवी ऐनबहादुर शाही,फेडाेका जिल्ला संयाेजक रमेश नेपाली लगाएतकाे सहभागिता रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अर्जेन्टिनाले जित्यो विश्वकप फुटबलको उपाधि

२०७९ मंसिर १३, मंगलवार १५:००
काठमाडौं । विश्वकप फुटबल २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । थप समयमा ३-३ बराबरी भएपछि पेनाल्टि सुटआउटमा अर्जेन्टिनाले उपाधि जितेको हो । कतारकाे लुसेल स्टेडियममा भएकाे राेमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–३ गाेलले हरायाे । निर्धारित ९० मिनेटमा २–२ गाेलकाे बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेकाे थियाे । […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.