कालीकाेट, जिल्लाकाे शुभकालिका गाउँपालिकामा जातिय छुवाछूत तथा भेदभाव उन्मुलन सम्बन्धि राष्ट्रिय दिवसका अवसरमा २ दिने कानूनी सचेतना मुलक कार्यक्रम गरिएकाे छ ।शुभकालिका गाउँपालिकाका अध्यक्ष गाेविन्द प्रसाद आचार्यले बुधबार एक कार्यक्रमका विच जातिय छुवाछूत तथा भेदभाव उन्मुलन सम्बन्धि २ दिने तालिमकाे उद्वघाटन गर्नु भएकाे हाे ।
जातिय छुवाछूत तथा भेदभाव उन्मुलन दिवसको अवसर पारी शुभकालिका गाउँपालिकाे आयाेजनामा १ देखि ८ वडा सम्मका नागरिक समाज ,दलित अगुवा कर्मि ,वडा स्तरीय मेलमिलाप कर्ता, दलित जनप्रतिनिधि , स्थानीय जनप्रतिनिधि लाई २ दिने कानूनी सचेतना मुलक कार्यक्रम गरिएकाे कार्यपालिका सदस्य पबेन्द्र विश्वकर्माले बताए ।
नेपालको संविधानले जातीय छुवाछूत तथा भेदभावलाई स्पष्ट रूपमा अपराध मानेको छ र त्यसविरुद्ध कडा कानुनी व्यवस्था गरेको छ। संविधानमा उल्लेख गरेको छ । नेपालको संविधान मौलिक हक अन्तर्गत धारा २४ मा छुवाछूत तथा भेदभावविरुद्धको हक धारा २४ अन्तरगत ४ भागमा व्याख्या स्पष्टरुप भनेकाे छ दलितको हक धारा (४०) जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन२०७५ समेत जारी गरेकाे छ ।

संविधानको व्यवस्था कार्यान्वयनका लागि नेपाल सरकारले विशेष कानुन बनाएको छ । कार्यक्रममा कानुन सम्बन्धि जिल्ला अधिवक्ता अमलराज शाहीले जतिय भेदभाव सम्बन्धि तालिममा कानुनका बारेमा स्पष्ट पार्ने बताईएकाे छ । उक्त कार्यक्रममा शुभकालिका गाउँपालिका अध्यक्ष गाेविन्द प्रसाद आचार्यकाे सभाअध्यक्षता , वडा नं ५ का वडा अध्यक्ष मिम बहादुर शाही , कार्यपालिका सदस्य पबेन्द्र विश्वकर्मा ,वडा सदस्य जनक बहादुर शाही अन प्रसाद आचार्य रण वहादुर सेजुवाल वल प्रसाद चौलागाईं राजु विश्वकर्मा वेला सुनार लगायत,गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत केन्द्र बहादुर शाही , ईन्सेक प्रतिनिधि काली बहादुर मल्ल , प्रेस चाैतारी नेपाल कालीकाेटका अध्यक्ष रमेश कुमार सुनारकाे लगाएतका सराेकारवालहरुकाे सहभागीतामा कार्यक्रम गरिएको थियाे । कार्यक्रममा बाेल्दै गाउँपालिकाका अध्यक्ष आचार्यले याे ब्यवस्थाकाे उपलब्धि भएकाे र दलितकाे हकहित अधिकार प्राप्त भएको बताए ।





