कालीकाेट। जिल्लाकाे शुभकालिका गाउँपालिकामा जातिय छुवाछूत तथा भेदभाव उन्मुलन सम्बन्धि २ दिने कानूनी सचेतना मुलक कार्यक्रम सम्पन्न भएकाे छ ।शुभकालिका गाउँपालिकाका अध्यक्ष गाेविन्द प्रसाद आचार्यले जातिय छुवाछूत तथा भेदभाव उन्मुलन सम्बन्धि २ दिने तालिम एक कार्यक्रमका बिच समापन्न गर्नु भएकाे हाे ।

शुभकालिका गाउँपालिकाे आयाेजनामा १ देखि ८ वडा सम्मका नागरिक समाज ,दलित अगुवा कर्मि ,वडा स्तरीय मेलमिलाप कर्ता, दलित प्रतिनिधि , स्थानीय जनप्रतिनिधि लगाएतका सराेकारवालाई २ दिने कानूनी सचेतना मुलक कार्यक्रम गरिएकाे कार्यपालिका सदस्य पबेन्द्र विश्वकर्माले बताए ।

नेपालको संविधानले जातीय छुवाछूत तथा भेदभावलाई स्पष्ट रूपमा अपराध मानेको छ र त्यसविरुद्ध कडा कानुनी व्यवस्था गरेको छ। संविधानमा उल्लेख गरेको छ । नेपालको संविधान मौलिक हक अन्तर्गत धारा २४ मा छुवाछूत तथा भेदभावविरुद्धको हक धारा २४ अन्तरगत ४ भागमा व्याख्या स्पष्टरुप भनेकाे छ दलितको हक धारा (४०) जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन२०७५ समेत जारी गरेकाे छ ।

संविधानको व्यवस्था कार्यान्वयनका लागि नेपाल सरकारले विशेष कानुन बनाएको छ । कार्यक्रममा कानुन सम्बन्धि जिल्ला अधिवक्ता अमलराज शाहीले स्पष्ट पार्नु भएकाे थियाे । उक्त कार्यक्रममा शुभकालिका गाउँपालिका अध्यक्ष गाेविन्द प्रसाद आचार्यकाे प्रमुख आतिथ्यता , वडा नं ५ का वडा अध्यक्ष मिम बहादुर शाही , कार्यपालिका सदस्य पबेन्द्र विश्वकर्मा ,वडा सदस्य जनक बहादुर शाही ,अन प्रसाद आचार्य, रण वहादुर सेजुवाल, वल प्रसाद चौलागाईं , राजु विश्वकर्मा, वेला सुनारकाे विशेष अतिथ्यता ,गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत केन्द्र बहादुर शाही , ईन्सेक प्रतिनिधि काली बहादुर मल्ल , प्रेस चाैतारी नेपाल कालीकाेटका अध्यक्ष रमेश कुमार सुनार लगाएतका सराेकारवालहरुकाे सहभागीतामा कार्यक्रम गरिएको थियाे ।

कार्यक्रममा बाेल्दै गाउँपालिकाका अध्यक्ष आचार्यले दलित सशक्तीकरण ऐन २०८२ गाउँसभामा विशेष छलफल गरी ऐन जारी गर्ने बताए । गाउँपालिका सरकार दलित समुदायका लागि यस्ता खालका कार्यक्रमहरु निरन्तर आयाेजना गर्ने बताउनु भएकाे थियाे । कार्यक्रमकाे सञ्चालक वडा नं ८ का वडा सचिव बिरेन्द्र बहादुर शाहीले गर्नु भएकाे थियाे ।





